बाटोमै रोकिराखेको ट्रलीमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु,एक घाइते
मंगलबार, जेठ २७, २०८२
ईट्टा लोड रहेको ना ६ त ८१०६ नम्बरको ट्यक्टर दुद्यीयाभार चौक छेउ मूलबाटो कालोपत्रेमै बिग्रिएर रोकी राखिएको थियो । गरुडाबाट घरतर्फ गइरहेको प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल गएराती १० बजे एक्कासि ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ : मन्त्री पौडेल
मंगलबार, जेठ २७, २०८२
हाल नियमन भइरहेको,अति आवश्यक, आयातित तथा नियमनको दायरामा नपरेकालाई वर्गीकरण गरेर मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ । यसैगरी जेनेरिक औषधी सम्बन्धमा समेत समितिले सुझाव दिएको छ ।
एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ [भिडियो]
मंगलबार, जेठ २७, २०८२
यस्तै, उनले आइटी र सूचना प्रविधि पारिस्थितिक प्रणालीको निर्माण गर्न हरेक प्रदेशमा आइटी कम्पनी खोलेर आइटी हब बनाउने पनि बताए । शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, आर्थिक, उद्योग र सरकारलाई पूर्ण रुपान्तरण गर्नको लागि पनि सरकारले पहल गरेको उनको भनाई छ ।
१.६३ प्रतिशतले घट्यो महंगी दर
मंगलबार, जेठ २७, २०८२
त्यसैगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।
गृहमन्त्रीज्यू, निर्मला पन्तले कहिले न्याय पाउँछिन् ? [भिडियो]
मंगलबार, जेठ २७, २०८२
एउटा बलात्कार प्रकरणमा आजसम्म सत्यतथ्य पत्ता लाग्दैन । राज्य कतिसम्म निरीह छ भने बलात्कार कसले गरेको हो र हत्या कसले गरेको भन्ने कुरा हामीलाई बताउँदैन । पीडित जो न्यायको पर्खाइमा छन् उसलाई न्याय मिल्दैन । यस्तो पनि सरकार हुन्छ, यो कुनै न्याय हो ?
जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश [भिडियो]
मंगलबार, जेठ २७, २०८२
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए ।
तोलामा ६ सयले घट्यो सुन
मंगलबार, जेठ २७, २०८२
नेपाल सुनचाँदी महासंघकाअनुसार मंगलवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६२ हजार ८९५ रुपैयाँ तोकिएको छ। यो दिन चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढ़ेर २ हजार १६५ रुपैयाँ पुगेको छ ।
मौद्रिक नीति र वित्त नीतिमा सही सन्तुलन राखेर नै अर्थतन्त्र अगाडि बढ्छ : अर्थमन्त्री [भिडियो]
मंगलबार, जेठ २७, २०८२
मंगलबार राजधानीमा एक संस्थाले गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’ को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यसकालागि नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले एक अर्कामा सन्तुलन कायम गरेर जानुपर्ने उनको भनाई छ ।
६ महिना काम गर्न दिएको भए निर्मला जस्ता काण्डहरुको वास्तविकता बाहिर आउँथ्यो : सहमहामन्त्री बुर्लाकोटी [भिडियो]
मंगलबार, जेठ २७, २०८२
रवि लामिछाने जुन बेला गृहमन्त्री हुनुहुन्थ्यो त्यस बेला उहाँले हत्याकाण्डदेखि लिएर अरू थुप्रै कुराहरू मुख्य प्राथमिकतामा राखेर काम गर्ने गरी तयारी गर्नु भएको थियो । उहाँले ठुला ठुला भ्रष्टाचारका काण्डहरू खोल्नेदेखि लिएर एक प्रकारको ‘सिंगम स्टाइल’मा काम गर्नको लागि प्रयास सुरु गर्नु भएको थियो । तर त्यो कसैलाई मन परेन...
प्रमाण नष्ट गराउन निर्मलाकी आमालाई प्रभावमा पार्ने काम भएको देखिन्छ : कानुन व्यवसायी अर्याल [भिडियो]
मंगलबार, जेठ २७, २०८२
निर्मलाको घट्नामा राज्यले पीडितलाई होइन पीडकलाई संरक्षण दिएको छ । प्रमाण नष्ट गर्ने व्यक्तिको नाममा अदालतमा मुद्दा चल्ने र मुद्दा टुङ्गो लागेको भए पीडक निस्कन सक्ने भएकाले त्यो ननिस्कोेस भन्नका लागि पनि उनकी आमालाई आर्थिक अवस्थाले कमजोर भएको बहानामा प्रभावमा पारेको देखिन्छ । प्रतिवादी भएको कर्मचारी प्रहरी इन्स्पेक्टरले आफ्नो गाडीमा...
पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानीय आक्रोशित
मंगलबार, जेठ २७, २०८२
स्थानीय स्रोतका अनुसार समूहका केही सदस्यले समूहकै आडमा मदिरा बिक्रीदेखि जुवा तास लगायतका गतिविधि सञ्चालन गरिरहेका छन् । ‘समाजमा अनुशासन र सुरक्षा कायम गर्छौँ भनेर थालेको समूहले अहिले आफैँ समाज बिगार्ने काम गरिरहेको छ ।’ एक स्थानीय बासिन्दाले नाम नबताउने सर्तमा बताए ।
नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै
मंगलबार, जेठ २७, २०८२
सिरिजको सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनको हार बेहोरेको थियो । त्यो खेलमा नेपालले ३ सय २४ रनको लक्ष्य पछ्याएको थियो । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने...
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य
मंगलबार, जेठ २७, २०८२
समितिका अनुसार आज तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ७५ रुपैयाँ तोकिएको छ । टनेलको सानो गोलभेटाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ । आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, भारतीय आलु रातो ३२ रुपैयाँ, र मुडे आलु रातो ३८ रुपैयाँ...
साताको लोकप्रिय

