Harsamaya
हराएका बालक इनारमा मृत अवस्थामा फेला
आर्यन राम ।

रौतहट - रौतहटको गुजरा नगरपालिका–९ सिमराभवानीपुरका बालक इनारमा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय बिजय रामका तीन वर्षीय छोरा आर्यन राम घरदेखि सातसय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख, प्रहरी नायब उपरिक्षक रूपा लाबुङ्गका अनुसार घरमा शनिबार निस्केको बालक खोजी गर्ने क्रममा फर्की नआएपछि आमाले खोजतलासका लागि प्रहरीमा निवेदन दिएकी हुन ।

प्रहरीले खोजतलास गर्ने क्रममा आइतबार मृत फेला परेको उनले जानकारी दिइन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झासहित प्रहरी चौकी सिमाराभवानीपुर र स्थानीय बासिन्दाले खोजतलास गरेको हो ।

गुजरा नगरपालिका–८ स्थित बालककोघर देखि सातसय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

बालकको शव चन्द्रनिगाहपुस्थित सरकारी अस्पतालमा राखिएको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update