Harsamaya
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्मृति संग्रहालयमा
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ  स्मृति संग्रहालयको अवलोकन ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ  स्मृति संग्रहालयको अवलोकन गरेका छन्  ।

चीन भ्रमणमा रहेको उनले आइतबार थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका हुन् । 

चिनियाँ राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली शनिबारै बिहान तियानजिन प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार (भदौ १६) तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

एससीओ शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update