
बाँके - नेपाली काङ्ग्रेसका केन्द्रीय उपसभापति तथा पूर्व मन्त्री धनराज गुरुङले काङ्ग्रेसलाई बलियो बनाउन देशभर प्रशिक्षण आवश्यक रहेको बताएका छन् ।
नेपाली काङ्ग्रेस बाँकेमा जिल्ला स्तरीय प्रशिक्षणको उद्घाटन गर्दै पूर्व मन्त्री गुरुङले प्रशिक्षणले एक आपसको सहकार्यलाई बलियो बनाएर लैजाने भन्दै देशभर प्रशिक्षणको आवश्यकता रहेको बताएका हुन् ।
‘एक आपसमा सहकार्य नहुदा कहिलेकाही निर्वाचनमा तितो अनुभव बटुल्नु परेको छ’ उनले भने । प्रशिक्षणले एक आपसमा सहमति र सहकार्यलाई बलियो बनाएर लैजाने उनको तर्क थियो ।
नयाँ पुस्तालाई नेपाली काङ्ग्रेसको इतिहास बुझाउन पनि प्रशिक्षण आवश्यक रहेको उनले बताए । काङ्ग्रेसको सिद्धान्त बुझाएर एक आपसमा हार्दिकता सिर्जना गर्न पनि प्रशिक्षण आवश्यक रहेको उनको भनाइ छ ।
बाँकेको जानकी गाउँपालिका ३ मा रहेको होटल पौवामा आइतबारदेखि संचालन भएको प्रशिक्षण सोमबारसम्म चल्ने आयोजकले जनाएको छ ।