Harsamaya
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो ।

शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

यता चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update