निजी जमिनलाई ‘मध्यवर्ती क्षेत्र’घोषणा गरिएकोमा सांसदहरूको आपत्ति
मंगलबार, असार ३, २०८२
बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले मध्यवर्ती क्षेत्रसँग सम्बन्धित विषयमा सांसदहरूको गहिरो चासो रहेको उल्लेख गर्दै नीजि जमिनलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको विषयमा आपत्ति जनाए ।
भ्रष्टाचार गरेको आरोपमा यातायात कार्यालय पर्साका अधिकृत गौतमविरुद्ध मुद्दा [आरोपपत्रसहित]
मंगलबार, असार ३, २०८२
उनले पदमा बहाल रहँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने व्यहोराको उजुरीका आधारमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए ।
सुनचाँदी व्यवसायीले गरे न्यूरोडमा प्रदर्शन
मंगलबार, असार ३, २०८२
उनले भने, ‘सरकारले आर्थिक वर्ष २०८२।८३ मा सुनलाई विलासिता वस्तु भनेर २/२ प्रतिशत गरेर तीन तहमा ६ प्रतिशत थप कर लगाउने र रत्न पत्थरजन्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउनु असान्दर्भिक छ । कर नीतिका विरुद्धमा हामी आज मौन जुलुसका साथ न्यूरोडमा आएका छौं । सुनलाई विलासीताको वस्तुमा राख्ने हामीलाई मान्य...
कर्णालीका मुद्दाहरू सुनाउन ३१ दिन खाली खुट्टा हिँडेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्नै पाएनन्
मंगलबार, असार ३, २०८२
त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँपनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् । उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराएको प्रहरीले जनाएको छ । सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो ।
निलो टाई लगाएर पुगे रास्वपा सांसद बानेश्वर
मंगलबार, असार ३, २०८२
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगाएर संसद भवन पुगेका हुन् ।
‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम गृहकार्यमा इप्पान
मंगलबार, असार ३, २०८२
(बजेट तथा कार्यक्रम पारित गर्ने क्रममा टेक एण्ड पे पीपीएको व्यवस्था हटाउने ऊर्जा मन्त्री र अर्थमन्त्रीको प्रतिबद्धताको कारण आन्दोलन घोषणा गर्न बाँकी रहेको तर अर्थ मन्त्रीले संसदमा नहटाउने संकेत गरेपछि इप्पान आन्दोलनको आन्तरिक गृहकार्यमा)
डेरी उद्योग आफैँ समस्यामा भएकाले भुक्तानी रोकिएको होः प्रल्हाद दाहाल [भिडियो]
मंगलबार, असार ३, २०८२
डेरी क्षेत्रको चेन प्रणालीमा समस्या आएकाले नै अहिलेको सबै समस्या भइरहेको बताउँदै दाहालले कसैले बेइमानी गरेको वा किसानको पैसा नदिएर अन्यत्र लगानी नगरेको बताए । दूध उत्पादक किसानले सिधैँ उद्योगीलाई दूध बेच्ने नभई उद्योगी र किसानको बीचमा ४/५ वटा तह भएकोले त्यसमा पनि समस्या रहेको उनको भनाई छ । जसले...
भारतीय नेता दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो
मंगलबार, असार ३, २०८२
डा. दुबेको अनुसार भारतीय कांग्रेसले धार्मिक मूल्यमान्यता र छिमेकी राष्ट्रहरूको संवेदनशीलता नबुझी अहंकारी र वंशवादी नीति अपनाएको कारण नेपालजस्तो ऐतिहासिक हिन्दू राष्ट्रले आफ्नो पहिचान गुमाउनु परेको हो।
इजरायल–इरान युद्धले नेपालमा इन्धनको मूल्यमा असर गर्ला ?
मंगलबार, असार ३, २०८२
यदि थप आक्रमणहरूले इरानी तेल पूर्वाधारलाई क्षति पुर्याएमा यसले विश्वव्यापी आपूर्तिमा असर पार्ने र पेट्रोल पम्पमा मूल्यहरू बढाउने सक्ने आंकलन गरिएको छ । इजरायली अधिकारीहरूले इरानको तेल नेटवर्क आक्रमणमा पर्नसक्छ भनेर ब्रिफिङ गरिरहेका छन् । जसको विनाशकारी प्रभाव पर्न सक्ने विभिन्न स्रोतले टाइम्स अफ इजरायललाई बताएको उल्लेख छ ।
‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या
मंगलबार, असार ३, २०८२
डाक्टर श्रेष्ठले आफ्ना समस्याहरुका बारेमा गृह मन्त्रालयले चासो राखिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झूटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए ।
‘वैकल्पिक उपायस्वरूप वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने’
मंगलबार, असार ३, २०८२
उनले भने,‘काठमाडौंमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको सफल परीक्षण भएको छ । वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपाय स्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरेका छौँ
इजरायली आक्रामणमा परी तेहरानमा दुई पत्रकारको मृत्यु
मंगलबार, असार ३, २०८२
आइआरएनए समाचार एजेन्सीका अनुसार इजरायली हमलामा मारिनेहरूमा निमा रजाबपुर र मासुमेह अजीमी रहेका छन्।
सुनको भाउ घट्यो
मंगलबार, असार ३, २०८२
हिजो एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको लोकप्रिय

