ट्रम्प प्रशासन निशानामा ४३ देश, ११ देशलाई पूर्ण प्रतिबन्ध
शनिबार, चैत २, २०८१
११ देशका नागरिकलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । अफगानिस्तान, भूटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन माथि अमेरिकाले प्रतिबन्धले लगाएको नयूयफर्क टाइम्सले जनाएको छ ।
गुल्मीमा कात्तिकदेखि हराएका पुरुष मृत भेटिए
शनिबार, चैत २, २०८१
सुनार घरबाट केही नभनी ४ महिनाअघि हिँडेका थिए । उनको लगाएको कपडा र जुत्ताको आधारमा घर परिवारले उनको पहिचान गरेको डिएसपी दाहालले बताए ।
‘टेस्लाले बिरामी कामदारको तलब रोकेको दाबी’
शनिबार, चैत २, २०८१
जर्मनीको टेस्लाका लागि यो आरोप निकै कठिन समयमा आएको छ, जहाँ कम्पनीले जनवरीदेखि कारको बजारमा कारोबारको हिस्सा गुमाइरहेको छ ।
कोशीमाथि आर्मीको सानदार जित
शनिबार, चैत २, २०८१
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४९.३ ओभरमा अल आउट हुँदै २३० रन बनाएको थियो । कोशीका लागि सुभन गहतराजले ५१ रन बनाए भने सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर सोमपाल कामीले ४ विकेट लिए भने आकस चन्द र...
सरकार विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित - समाजवादी
शनिबार, चैत २, २०८१
प्रचण्डले समाजवादी मोर्चा सरकारमा जानका लागि नभइ मुलुकको परिवर्तनलाई जोगाउँदै बलियो बनाउनका लागि गठन भएको स्पष्ट पारे । उनले पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले टिप्पणी गरेको भन्दै आमनेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको धारणा राखे ।
पीएम कप: पुलिसको लगातार चौथो जित
शनिबार, चैत २, २०८१
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ४९.५ ओभरमा अल आउट हुँदै २८८ रन बनाएको थियो । पुलिस क्लबका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३६ बलमा ६३ रन बनाएका थिए भने आरिफ सेखले ५५ रन बनाए । त्यस्तै अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाएका थिए...
वीरगञ्ज भन्सारबाट एक खर्ब नौ अर्ब राजस्व संकलन
शनिबार, चैत २, २०८१
भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने गरेको छ ।
पूर्वपदाधिकारीहरूलाई आजीवन सुविधा दिने कानुन अनुत्पादक - महामन्त्री थापा
शनिबार, चैत २, २०८१
उनले भने- राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत छैन । सरकार चलाउन नसके पनि कम्तीमा यस्तो अनुत्पादक खर्च रोक्ने कानुन बनाउनुपर्छ !'
रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन
शनिबार, चैत २, २०८१
गत अगष्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः कब्जा गर्दै रूसले विगत एक हप्तादेखि कुस्र्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र प्रतिकार गरेको छ ।
इटहरीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
शनिबार, चैत २, २०८१
दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एनआरएनएको एकता महाधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन
शनिबार, चैत २, २०८१
नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्व अध्यक्ष हुन् । बेलायतमा बसोबास गर्ने उनले हाल पोखरामा आफ्नै होटेल व्यवसाय सञ्चालन गरिरहेका छन् ।
रास्वपाले लगाएको आरोपप्रति केसीले भने - सरकारी जग्गा कब्जा गरेको छैन
शनिबार, चैत २, २०८१
उनले कित्ता नंवर ६२ आफ्नो नाममा रहेको र कित्ता नंवर ६३ सरकारको नाममा रहेको जिकिर गरे । केसीले सरकारी जग्गामा आफूले भोगचलन नरहेको स्पष्ट पारे । कित्ता नंवर ६१ आफ्नो श्रीमती नाममा रहेको र उक्त कित्ता सार्वजनिक सडकमा हालेर सट्टापट्टा गरेर कित्ता नंवर ६२ आफ्नो नाममा कायम भएको उनले बताए...
बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा - पूर्वप्रधानमन्त्री खनाल
शनिबार, चैत २, २०८१
बिआरआईलाई चिनियाँ ऋणको पासोका रूपमा केहीले टिप्पणी गर्ने गरेको उल्लेख गर्दै उनले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा नै देखिएको बताए ।
साताको लोकप्रिय

