स्टार्टअपहरूले नेपालमै बसेर डलर कमाउँछन् : बमबहादुर मिश्र [भिडियो]
शनिबार, असार १४, २०८२
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘आइटी क्षेत्रमा नेपालमै बसेर डलर कमाउन थालेका छन् । ई भिसीहरू पनि खुलेका छन् । स्टार्टअपहरूका लागि यो अवसरको कुरा हो । अहिले स्टार्टअपका सम्बन्धमा नेपाल राष्ट्र वैकमा पनि छलफल भएको छ ।’
पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब हुन्छ - ओली
शनिबार, असार १४, २०८२
यस्तै, उनले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए ।
देशभर साढे १५ प्रतिशतमात्रै रोपाइँ, सबैभन्दा धेरै सूदूरपश्चिममा
शनिबार, असार १४, २०८२
कर्णाली प्रदेशमा हाल सम्म ३९.१ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टर जमिनमा धान खेती गरिन्छ । त्यस मध्ये हाल सम्म करिब १६ हजार हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यस अवधि सम्म भने यस प्रदेशमा हाल सम्म करीब २४ प्रतिशत रोपाइँ सकिएको थियो...
‘कैदी आदानप्रदान पछि तेस्रो चरणको वार्ता गर्न रूस र युक्रेन सहमत’ (भिडियोसहित)
शनिबार, असार १४, २०८२
युक्रेनी सैन्य गुप्तचरका प्रवक्ता एन्ड्री युसोभले शुक्रबार धेरै कठिनाइहरूको बाबजुद पनि इस्तानबुल सम्झौता अन्तर्गत कैदी आदानप्रदान वार्ता अझै पनि स्थिर रूपमा अगाडि बढिरहेको बताए ।
प्रविधि र नवप्रर्वतनमा सहकार्य गर्न चीनियाँ मन्त्री वाङ शी सँग अध्यक्ष ढकालको आग्रह
शनिबार, असार १४, २०८२
महासंघको सचिवालय टेकुमा शुक्रबार दिउँसो चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री शी सँगको भेटमा ढकालले यस्तो आग्रह गरेका हुन् । साथै भेटका अवसरमा दुवै देशको आर्थिक तथा कूटनीतिक सम्बन्ध,व्यापार लगानी तथा सहकार्यका विविध विषयमा समेत छलफल भएको थियो ।
भारतीय आँपका कारण नेपाली व्यवसायीलाई चिन्ता, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न माग (भिडियोसहित)
शनिबार, असार १४, २०८२
शुक्रबारदेखि काठमाडौंको लाजिम्पाटमा सुरु भएको आँप महोत्सवमा सहभागी व्यवसायीहरूले विषादीरहित आँप उत्पादनमा जोड दिएका छन् । विषादीरहित आँपको प्रर्वद्धनमा जोड दिनपनि उनीहरूको आग्रह छ । भारतबाट आयातित विषादी मिसिएको आँपका कारण विषादीरहित आँप सेवन गर्न पनि व्यवसायीहरूको आग्रह छ ।
स्वास्थ्य मन्त्री पौडेल र विश्व स्वास्थ्य संगठन क्षेत्रीय निर्देशक वाजेदबीच वार्ता
शनिबार, असार १४, २०८२
हालै सम्पन्न विश्व स्वास्थ्य संगठनको महासभामापछि नेपालले आगामी महासभामा नेपाली श्रमिकले भोगिरहेको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै श्रमिकको स्वास्थ्यको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव पठाएको थियो । जसलाई आगामी महासभामा नेपालका तर्फबाट पेश गरिनेछ ।
संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै
शनिबार, असार १४, २०८२
शनिबार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
शनिबार, असार १४, २०८२
यस्तै, गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
दृष्टिविहिन बालबालिकालाई सिटिजनको लत्ताकपडा
शनिबार, असार १४, २०८२
मुगु जिल्लाको छायानाथ रारा नगर पालिका २ चैन गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विशेष शिक्षा अन्तर्गत अध्ययनरत १० जना दृष्टिविहीन बालबालिकाहरूलाई सिटिजन बैंक गमगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लत्ताकपडा सहयोग गरेको हो ।
कति पुग्यो फलफूल तथा तरकारीको भाउ ?
शनिबार, असार १४, २०८२
ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६०, सजिवन प्रतिकिलो रु १५०, रातो बन्दा प्रतिकिला रु ८०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १२०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु...
प्रधानमन्त्री आज स्पेन जाँदै
शनिबार, असार १४, २०८२
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् भने स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता पनि गर्ने छन् । साथै, विश्वका अन्य मुलुकका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची पनि रहेको छ ।
ब्राउनसुगरसहित नुवाकोटका चार जना झापाबाट पक्राउ
शनिबार, असार १४, २०८२
उनीहरूलाई गत असार ११ गते जिल्ला अदालत झापामा उपस्थित गराई ७ दिन म्याद थपी जिल्ला प्रहरी कार्यालय झापाले अनुसंधान गरिरहेको छ ।
साताको लोकप्रिय

![स्टार्टअपहरूले नेपालमै बसेर डलर कमाउँछन् : बमबहादुर मिश्र [भिडियो]](https://www.harsamaya.com/uploads/posts/Bam-bahadur-1751092150.jpg)