जेनजी आन्दोलनका मृतकको सम्झनामा राष्ट्रिय शोक : आज नेपालभर सार्वजनिक बिदा

काठमाडौं - जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा आज देशभर सार्वजनिक बिदा दिइएको छ। सरकारको यो निर्णयलाई धेरैले मृतकप्रति सम्मानका रूपमा हेरेका छन् भने कतिपयले यसलाई आन्दोलनको गहिरो प्रभावका रूपमा व्याख्या गरेका छन्।
मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो। आज नेपालभर सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थानदेखि विदेशस्थित नेपाली दूतावाससमेत बन्द छन्। साथै राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्णयले सरकार र आन्दोलनबीच अझै संवाद र समाधान खोज्नुपर्ने आवश्यकता उजागर गरेको छ। शोक मनाउने औपचारिकता मात्र नभई आन्दोलनका मागहरूप्रति गम्भीर ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ।
प्रकाशित मिति: बुधबार, असोज १, २०८२ ०६:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय