भारतीय अण्डा भित्रिएपछि ...
शुक्रबार, माघ २५, २०८१
संघका महासचिव भेषराज अर्यालका अनुसार एक महिना अघिसम्म प्रतिक्रेट (३० वटा) अण्डाको फार्म मूल्य रू ५१५ मा बिक्री भएकामा यो रेट घटेर रू ३७० मा झरेको थियो । माघ २१ गतेदेखि ठूला अण्डा प्रतिक्रेट रू ४०० पुगेको छभने मझौला रू ३८५ रहेको छ । मुख्य रूपमा भारतीय अण्डाको प्रवेशसँगै पर्यटकको आगमनमा कमी, स्कुल, कलेजमा जाडो बिदा, बढी जाडो, स्वस्थानी व्रतलगायत कारण अण्डाको मूल्यमा गिरावट आएको अर्याल बताउँछन् । क्रमशः बजार सुधार भएर मूल्य बढ्न थालेको भन्दै उहाँले सीमा क्षेत्रमा कडाइ गरिएमा अण्डाले लागत मूल्य पाउने बताए ।
नगरपालिकाले किसानको महशुल नबुझाउँदा विद्युत लाइन काटियो
बुधबार, माघ २३, २०८१
सिंचाई मिटरको लाईन काटिँदा वडा नं। ८ का सयौं किसान मर्कामा परेका छन्। ‘किसानले लगाएको गहुँमा सिंचाई गर्नु पर्ने समयमा विद्युतको लाईन काटियो। अहिले सिंचाइँ गर्न समस्या भईरहेको छ’, स्थानीय किसान योगेश सिंहले भने,‘नगरपालिकाले विद्युतको महशुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो। विनाकारण किसानले दुःख पाईरहेका छन्।’
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित
बुधबार, माघ २३, २०८१
यसपालि सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निराश छन् । वसन्त पञ्चमी पर्व मनाई सक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदे बाली नहुने चिन्ताले पिरोलिएका छन् ।
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
बुधबार, माघ २३, २०८१
यस वर्ष नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा रु. नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।
पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री
मंगलबार, माघ २२, २०८१
यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
मंगलबार, माघ २२, २०८१
दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् । उनले दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलोपटक च्याउखेती थालनी गरेका छन् ।
काँक्रोको बीउ बेचेर ६ करोड आम्दानी
मंगलबार, माघ २२, २०८१
पर्वतको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका कृषकले यसवर्ष छ करोड ३० लाख आम्दानी गरेका हुन् ।
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
आइतबार, माघ २०, २०८१
उनले १८ रोपनी जग्गा तरकारी खेती गर्दै आएका छन् । आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिल्यै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको जनाए । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक रु १० देखि १२ लाख आम्दानी...
वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म
शनिबार, माघ १९, २०८१
स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ। पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याइनभ्याई नै हुन्छ। वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ। तर, पाल्पाको रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले भने समय व्यवस्थापन गर्दै लोभलाग्दो कृषि व्यवसाय गर्दै आएका...
बागलुङमा २६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री
शनिबार, माघ १९, २०८१
यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार बराबरको सुन्तला उत्पादन भएको छ। उत्पादनमा केही गिरावट आए पनि किसानले गत वर्षको तुलनामा बढी मूल्य पाएका छन्।
पिप्लेबेंसीमा सक्खर उत्पादन
शुक्रबार, माघ १८, २०८१
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडास्थित पिप्लेबेँसीमा १६ परिवारको बसोबास छ । सुनकोशी किनारमा पर्ने यस गाउँमा पुर्खाकै पालादेखि गाउँभरि उखुखेती हुन्थ्यो । हाल पनि यहाँका दश परिवारले यो खेती गरिरहेका छन् ।
कृषि उपज संकलन केन्द्र प्रयोगविहीन
शुक्रबार, माघ १८, २०८१
सरावल गाउँपालिका–४ स्थित गोइनीमा निर्माण भएको संकलन केन्द्र कार्यविधिको अभावमा प्रयोगविहीन भएको हो । केन्द्र सञ्चालन नहुँदा यहाँका किसानले आफ्नो उत्पादन बिक्री गर्न बर्दघाट, सदरमुकाम परासी र बुटवलसम्म लैजानुपर्ने बाध्यता छ । प्रदेश सरकार र पालिकाको समन्वयमा कार्यविधि बनाएर कृषिउपज सङ्कलन केन्द्र तत्काल सञ्चालन हुनुपर्ने किसानको माग छ ।
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको कारोबार
बिहीबार, माघ १७, २०८१
बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।
कृषि ज्ञानकेन्द्रको तथ्याङ्क अनुसार यहाँ किसानले अलैँची बिक्री बाट एक आर्थिक वर्षमा ६ करोड भित्र्याउन सफल भएका छन् ।
साताको लोकप्रिय

