कर्णालीमा खेती गरिएको २७ प्रतिशत जमिनमा मात्रै वर्षभरि सिँचाइ
बिहीबार, असोज १, २०८३
तीमध्ये एक हजार ३७ वटा आयोजना निर्माण सम्पन्न भएका छन् भने २६१ वटा आयोजना पूरा हुन नसकेकाले चालु आर्थिक वर्ष २०८३र८४ मा पनि काम भइरहेको छ । १२४ वटा आयोजनाको सम्झौता हुन सकेन ।
तीन जिल्लाको संगममा रंगीविरंगी बुकी फूल र पशुबथान
मंगलबार, भदौ ३०, २०८३
पाटनमा पशुचौपायासँगै विभिन्न प्रकारका बहुमूल्य जडिबुटीसमेत पाइन्छन् । स्थानीयले जडिबुटी संकलन तथा बिक्रीबाट अतिरिक्त आम्दानी गर्दै आएका छन् । पशुपालन, जडिबुटी र पर्यटनलाई व्यवस्थित रूपमा जोड्न सके स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने सम्भावना छ ।
माटोसँग जोडिएको सफलता : नर्सरी व्यवसायबाट आत्मनिर्भर बनेका कृष्णप्रसाद दाहाल (भिडियोसहित)
बुधबार, भदौ २४, २०८३
दाहालका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको यही व्यवसायबाट परिवारको जिम्मेवारी पूरा गर्न सक्नु हो। यही पेसाबाट उनले छोराछोरीको शिक्षा र घरपरिवारका आवश्यकताहरू पूरा गरेका छन् । बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म नर्सरीमै खटिने उनको दिनचर्याले मेहनत र लगावको कथा बोल्छ ।
कृषि विधेयक यसै वर्ष संसदमा दर्ता हुने, डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी (भिडियोसहित)
मंगलबार, भदौ २, २०८३
संसद बैठकमा सांसद निष्कल राईले मुलुकमा कृषि ऐन नहुँदा कृषि क्षेत्र अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । कृषि क्षेत्र कानुनविहीन अवस्थामा चलिरहेको भन्दै उनले सरकारलाई प्रश्न गरे ।
तरकारीमा २ सय ५३ प्रतिशतसम्मको मूल्यवृद्धि
मंगलबार, भदौ २, २०८३
विशेषगरी तरकारी बजारमा देखिएको उतारचढाव डरलाग्दो छ । विभागको तथ्याङ्कअनुसार असार महिनामा सानो स्थानीय गोलभेडाको मूल्यमा २ सय ५३ प्रतिशतको वृद्धि देखिएको छ
आफ्नै माटोमा समृद्धिको बाटो खोज्दै ईश्वर (भिडियोसहित)
आइतबार, साउन ३१, २०८३
घिमिरेका लागि कृषि पेशा केवल गाई पाल्ने काममा सीमित छैन । गाईसँगै तरकारी खेती र कुखुरापालन पनि उनको दैनिकीको हिस्सा बनेको छ । बिहान सबेरै श्रीमतीसँगै गोठ पुग्नु, गाईलाई घाँस–कुँडो हाल्नु, गोबर सफा गर्नु र दूध दुहुने काम दम्पती मिलेर गर्छन् ।
महामारीबाट मरेका पशुको पनि क्षतिपूर्ति दिनुपर्छ : बासुदेव घिमिरे
बुधबार, साउन २७, २०८३
यसैगरी, रोग लागिसकेपछि नियन्त्रण गर्नुभन्दा रोग लाग्नै नदिने ‘जैविक सुरक्षा’ (बायो–सिक्योरिटी) का उपायहरूलाई प्रवद्र्धन र परिस्कृत गर्ने नीति विधेयकमा समावेश गरिनुपर्नेमा पनि जोड दिए ।
वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा
आइतबार, साउन २४, २०८३
बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पु¥याउन यस्ता बिक्री केन्द्र विस्तार गरिँदै आएको बताए ।
रौतहटका धान खेत जलाशयमा परिणत, किसान मर्कामा
शुक्रबार, साउन २२, २०८३
ज्ञान केन्द्रले जिल्लाका प्रायः सबै पालिकामा धान खेत डुवानको साझा समस्या रहेको र हाल कुन पालिकामा कति क्षति भयो भन्नेबारे विस्तृत तथ्याङ्क सङ्कलन भइरहेको जनाएको छ।
दोस्रो राष्ट्रिय कोदो दिवसले कोदो उत्पादन र उपभोग बढाउन प्रेरित गरोस् : मन्त्री चौधरी
शनिबार, साउन १६, २०८३
‘कोदोबाली संरक्षण र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा संवद्र्धन’ भन्ने नारासहित मनाइँदै गरिएको दोस्रो राष्ट्रिय कोदो दिवस–२०८३ का अवसरमा जारी शुभकामना सन्देशमा मन्त्री चौधरीले कोदो तथा अन्य कोदोजन्य बाली खाद्य तथा पोषण सुरक्षा कायम गर्न तथा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण रहेको उल्लेख गरेकी हुन्...
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
शनिबार, साउन १६, २०८३
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५१, आलु रातो (मुढे) प्रतिकिलो रु ५१, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु सेतो प्रतिकिलो रु ३५, प्याज...
चिया तथा कफी क्षेत्र सुधारका लागि कार्यदल गठन गरिने
शनिबार, साउन १६, २०८३
कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग भएको छलफलका क्रममा मन्त्री चौधरीले उक्त निर्णय गरेकी हुन् ।
अण्डाको मूल्य फेरि बढ्यो
बुधबार, साउन १३, २०८३
उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा सीमित भएको थियो। यसले बजारमा दैनिक करिब १५ लाख अण्डाको अभाव सिर्जना गरेको जनाएको छ।
साताको लोकप्रिय
