किवीबाट जाम र वाइन: दुप्चेश्वर गाउँपालिकाले किसानलाई दोब्बर आम्दानी
सोमबार, पुस १५, २०८१
दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ। गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ।
दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृंखला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए।
उनका अनुसार बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानले दोब्बर बढी आम्दानी पाइरहेका छन्।
किवीको बिक्रीबाट किसानले प्रतिकेजी २५० सम्म पाएका छन्। सोही परिणामको किवीको प्रशोधन गरेर तयार गरिएको जामबाट दोब्बर लाभ लिएका छन्।
उपुरका सुन्तलाले बजार तताए, कृषकको आम्दानी उचाइमा
बिहीबार, पुस ११, २०८१
सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् ।
तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी
बिहीबार, पुस ११, २०८१
कैलालीको धनगढी उपमहानगरपालिका– ६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारी खेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आएका छन् । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले अहिले करिब नौ कट्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका छन् । उनले सबै खर्च कटाएर तरकारी खेतीबाट वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको...
साताको लोकप्रिय

