खुम्बुमा भूकम्पको पराकम्प
बुधबार, पुस २४, २०८१
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका पराकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन् ।
आज बिहान ३:३० बजे र ५:३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका पराकम्प महसुस गरिएको छ । त्यसपछि बिहान ९:३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५:३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि पराकम्पका झट्का अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
बुधबार, पुस २४, २०८१
मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।
भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण...
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
मंगलबार, पुस २३, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान भएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन्।
७ म्याग्निच्युडको भूकम्पले काठमाडौँ हल्लायो, सर्वसाधारण त्रसित
मंगलबार, पुस २३, २०८१
मंगलबार बिहान करिब ६:५० बजे ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले काठमाडौँ र आसपासका क्षेत्र हल्लाएको छ।
भूकम्पको धक्का लामो समयसम्म महसुस हुँदा सर्वसाधारण त्रसित बनेर घरबाहिर निस्केका थिए। धक्का यति बलियो थियो कि काठमाडौँ उपत्यकाका धेरैजसो ठाउँमा मानिसहरू भागाभाग गर्न थाले।
मुगुमा भूकम्प
शुक्रबार, पुस १९, २०८१
मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण संकलन हुँदै
आइतबार, पुस ७, २०८१
नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सङ्कलन गरेको तथ्यांक अनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो ।
साताको लोकप्रिय
