पृथ्वी नारायण शाहको दरबार १० वर्षमा नि पूर्ननिर्माण भएन (तस्वीरसहित)

नुवाकोट - २०७२ वैशाखमा गएको भूकम्पका कारण नुवाकोटको सात तले दरबार र त्यस वरपर रहेका ऐतिहासिक धरोहरहरूमा क्षति पुग्यो । क्षति भएको एक दशकसम्म पुनर्निर्माण हुन सकेको छैन ।
पुनर्निर्माणका लागि स्थानीय सरकार तथा नागरिकले पटक-पटक आवाज उठाइसकेका छन् । भूकम्पले क्षति गरेका अन्य ऐतिहासिक धरोहरहरू निर्माण सम्पन्न भइसक्दा नुवाकोट दरबार भने अझै टेकोको भरमा अडिएको छ ।
नुवाकोटको दरबार पुनर्निर्माण गर्ने भनेर ६ वर्ष अघि चीन र नेपाल सरकारबीच सहमति भएको थियो । चीनले पुनर्निर्माणको जिम्मा लिएपनि हालसम्म टेकोले मात्र अडिएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१ ०८:५६
प्रतिक्रिया दिनुहोस्