वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
                                सोमबार, पुस २२, २०८१
                                नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । यस्तै, जनावरको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले तीमध्ये सबैभन्दा बढी सर्पले डसेर मृत्यु तथा घाइते भएका बताए। उनका अनुसार सर्पले डसेर मात्रै ७० जनाको मृत्यु भएको छ भने पाँच सय ३२ जना घाइते भएका छन्।
                            
                         
                                
                            
                                
                                        भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
                                    
                                
                                    सोमबार, पुस २२, २०८१
                                
                                
                                    भारतको दक्षिणी राज्य केरलामा सोमबार एउटा बस गहिरो खाल्डोमा खस्दा दुई महिलासहित चार जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् । राज्यको इडुक्की जिल्लामा बिहान सबेरै भएको उक्त घटना बसको ब्रेक फेल भएर भएको आशङ्का गरिएको छ । बस केरला राज्य सडक यातायात निगमको थियो ।
                            
                         
                                
                            
                                
                                        ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
                                    
                                
                                    आइतबार, पुस २१, २०८१
                                
                                
                                    जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । 
पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दूध लिन...
                            
                         
                                
                            
                                
                                        बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु
                                    
                                
                                    शुक्रबार, पुस १९, २०८१
                                
                                
                                    जिल्लाको मष्टा गाउँपालिका- १ कोटदेवलमा जीप दुर्घटना एकजनाको मृत्यु भएको छ । जीप चालक मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय  धर्म थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 
सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप भातेखोलाबाट रनाडा जाने क्रममा मष्टा गाउँपालिका-१ कोटदेवलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जीप...
                            
                         
                                
                            
                                
                                        गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
                                    
                                
                                    बिहीबार, पुस १८, २०८१
                                
                                
                                    गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त हमास प्रहरी बलका प्रमुख पनि रहेका छन् । 
“दक्षिणी गाजा पट्टीको खान युनुस सहरको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा विस्थापित मानिसहरूको निवासमा कब्जाकारी विमानले बम प्रहार गर्दा तीन बालबालिका...
                            
                         
                                
                            
                                
                                        ट्युनिसियामा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार
                                    
                                
                                    बिहीबार, पुस १८, २०८१
                                
                                
                                    मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।
मध्य ट्युनिसियाको केर्केन्ना टापुमा फेला परेका उद्धार गरिएका र मृत यात्रुहरु युरोप पुग्ने लक्ष्यमा रहेको र उनीहरू सबै उपसहारा अफ्रिकी मुलुकका रहेको स्फ्याक्स शहरका नागरिक...
                            
                         
                                
                            
                                
                                        सर्लाहीमा बसको ठक्करले सशस्त्र प्रहरी निरीक्षकको ज्यान गयो
                                    
                                
                                    बुधबार, पुस १७, २०८१
                                
                                
                                    सर्लाहीमा तीव्र गतिमा रहेको बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट (बीओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बस बजारिँदा उनको मृत्यु भएको हो।
                            
                         
                                
                            
                                
                                        भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन
                                    
                                
                                    शुक्रबार, पुस १२, २०८१
                                
                                
                                    भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री भएका थिए । सिंह आफ्नो नम्रता, कडा परिश्रम र कामप्रति प्रतिबद्धताका लागि विश्व परिचित थिए । प्रधानमन्त्री पद...
                            
                        
            साताको लोकप्रिय
        
    

 
                                 
                                 
                     
                     
                     
                     
                     
                    