Harsamaya
अमेरिकी–इजरायली हवाई आक्रमणपछि इरानले भन्यो : यो ‘अमानवीय’ र अनगिन्ती अपराधहरूको इतिहास हो
अमेरिकी–इजरायली हवाई आक्रमणपछि इरानले भन्यो : यो ‘अमानवीय’ र अनगिन्ती अपराधहरूको इतिहास हो उनले एक विज्ञप्तिमा हवाई आक्रमणको निन्दा गर्दै त्यसलाई ‘अमानवीय’ र इरान विरुद्ध आक्रमणकारीहरूले गरेका अनगिन्ती अपराधहरूको इतिहासमा अर्को कालो पाना थप्ने बर्बर कार्य भनेका छन्।
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द कतार, इराक, सिरिया, जोर्डन र कुवेतले आंशिक वा पूर्ण रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । संयुक्त अरब इमिरेट्सले आंशिक रूपमा हवाई क्षेत्र नियन्त्रणमा राखेको बताएको छ ।
इरानमा रहेका नेपालीलाई भारतीय दूतावासले उद्धार गरिदिने
इरानमा रहेका नेपालीलाई भारतीय दूतावासले उद्धार गरिदिने यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन्  ।  इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको...
इरान र इजरायलमा रहेका नेपाली देश फर्कन चाहे सरकारले उद्धार गर्ने
इरान र इजरायलमा रहेका नेपाली देश फर्कन चाहे सरकारले उद्धार गर्ने उनका अनुसार नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रूपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरूलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको छ ।
इजरायल–इरान युद्धले नेपालमा इन्धनको मूल्यमा असर गर्ला ? 
इजरायल–इरान युद्धले नेपालमा इन्धनको मूल्यमा असर गर्ला ?  यदि थप आक्रमणहरूले इरानी तेल पूर्वाधारलाई क्षति पुर्याएमा यसले विश्वव्यापी आपूर्तिमा असर पार्ने र पेट्रोल पम्पमा मूल्यहरू बढाउने सक्ने आंकलन गरिएको छ । इजरायली अधिकारीहरूले इरानको तेल नेटवर्क आक्रमणमा पर्नसक्छ भनेर ब्रिफिङ गरिरहेका छन् । जसको विनाशकारी प्रभाव पर्न सक्ने विभिन्न स्रोतले टाइम्स अफ इजरायललाई बताएको उल्लेख छ ।
इजरायली आक्रामणमा परी तेहरानमा दुई पत्रकारको मृत्यु
इजरायली आक्रामणमा परी तेहरानमा दुई पत्रकारको मृत्यु आइआरएनए समाचार एजेन्सीका अनुसार इजरायली हमलामा मारिनेहरूमा निमा रजाबपुर र मासुमेह अजीमी रहेका छन्। 
Weather Update