Harsamaya
अमेरिकी–इजरायली हवाई आक्रमणपछि इरानले भन्यो : यो ‘अमानवीय’ र अनगिन्ती अपराधहरूको इतिहास हो
इरानको एक प्राथमिक विद्यालयमा भएको अमेरिकी–इजरायली हवाई आक्रमण ।

एजेन्सी - इरानले आइतबार राति दक्षिणी इरानको एक प्राथमिक विद्यालयमा भएको अमेरिकी–इजरायली हवाई आक्रमणमा १६५ जनाको मृत्यु भएको जनाएको छ ।

शजरेह तैयबेह स्कूल मिनाबमा अवस्थित छ, जहाँ इस्लामिक रिभोलुसनरी गार्डको सैन्य अड्डा रहेको छ। वासिङ्टन र तेल अभिभले संयुक्त रूपमा गरेको ठूलो स्तरको आक्रमणको बीचमा शनिबार स्कूलमा आक्रमण गरिएको थियो।

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले शनिबार पीडित परिवार र मिनाबका बासिन्दाहरूप्रति समवेदना व्यक्त गरेका छन्।

उनले एक विज्ञप्तिमा हवाई आक्रमणको निन्दा गर्दै त्यसलाई ‘अमानवीय’ र इरान विरुद्ध आक्रमणकारीहरूले गरेका अनगिन्ती अपराधहरूको इतिहासमा अर्को कालो पाना थप्ने बर्बर कार्य भनेका छन्।

उक्त क्षेत्रमा सबै राहत तथा चिकित्सा केन्द्रहरू र सम्बन्धित अधिकारीहरूलाई सबै स्रोतसाधन परिचालन गरेर घाइते र उनीहरूका परिवारहरूको ‘तत्काल र निर्बाध हेरचाह’ लाई प्राथमिकता दिन आग्रह गरे।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update