Harsamaya

धनुषा - विजयादशमीका दिनदेखि बेपत्ता भएका धनुषाका सात वर्षीय बालक साकेत झा मृत अवस्थामा फेला परेका छन्।

धनुषाको नगराइन नगरपालिका–७, देवडिहाका बालक झा कात्तिक ४ गतेदेखि बेपत्ता थिए। परिवारले खोजी गर्दा पनि फेला नपरेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीका अनुसार घरबाट करिब अढाई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा शुक्रबार बालकको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाबारे जानकारी दिँदै प्रहरीले यसअघि नजिकका गाउँ, पोखरी, झाडी तथा आसपासका क्षेत्रमा खोजी गरेको बताएका छन्।

बालकको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update