थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी
सोमबार, चैत १८, २०८१
यही चैत १९ गतेबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण हुने बताए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।
नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री
बिहीबार, चैत १४, २०८१
बिहीबार महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्र विषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए ।
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
बिहीबार, चैत १४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।
‘देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ’
बुधबार, चैत १३, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टने बताएका छन् ।
विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुुर्याउने विषयमा सत्तापक्षीय दलबीच छलफल
मंगलबार, चैत १२, २०८१
सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्याउन पहल गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीसँग नेपालका लागि थाइल्याण्डका राजदूतको शिष्टाचार भेट
मंगलबार, चैत १२, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेट गरेका छन् ।
ओलीजी र म गोलघरमा सँगै बसेका हौं, सम्बन्ध पूरानै हो : देउवा
मंगलबार, चैत १२, २०८१
उनले भने,‘ओलीजी र कांग्रेबीच समन्वय भएको छ । हामी जेलमा पनि सँगै बसेको हौं । हामी त जेलभित्रको पनि जेल गोलघर भन्ने ठाउँ छ त्यहाँपनि सँगै थियौं । त्यसैले पनि हाम्रो सम्बन्ध राम्रो छ । अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौं । अहिले सत्तामा सहकार्य गरिरहेका छौं । कांग्रेसबाट उहाँलाई...
सरकारलाई बदनाम गर्ने र झूटलाई फैलाउनेहरू सक्रिय भएका छन् : ओली
मंगलबार, चैत १२, २०८१
मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनको लागि परेको बताए ।
मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ: प्रधानमन्त्री
शुक्रबार, चैत ८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएका सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताएका छन् ।
प्रधानमन्त्रीले एसइईको शुभकामना दिँदै भने - राम्रो नतिजाको अपेक्षा गरेको छु
बुधबार, चैत ६, २०८१
‘एसइईको परीक्षा आइहाल्यो, त्यस कारण तपाईँहरूसँग खेर फाल्ने समय छैन, मेरो धेरै धेरै शुभकामना छ, तपाईँहरू राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुस्, सबैमा धेरै धेरै शुभकामना’, ओलीले सन्देशमा भनेका छन ।
काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ
मंगलबार, चैत ५, २०८१
त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थिए ।
विपिनको रिहाइका लागि प्रधानमन्त्री ओलीले गरे इजिप्टका राष्ट्रपतिसँग टेलिफोन वार्ता
बुधबार, फागुन २८, २०८१
इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको इजरायल र हमासबीचको दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा नाम प्राथमिकतामा पार्ने प्रयासका लागि धन्यवाद व्यक्त गरे ।
देश सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ - प्रधानमन्त्री ओली
मंगलबार, फागुन २७, २०८१
मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् । उनले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने स्पष्ट पारे ।
साताको लोकप्रिय

