काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ
मंगलबार, चैत ५, २०८१
त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थिए ।
विपिनको रिहाइका लागि प्रधानमन्त्री ओलीले गरे इजिप्टका राष्ट्रपतिसँग टेलिफोन वार्ता
बुधबार, फागुन २८, २०८१
इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको इजरायल र हमासबीचको दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा नाम प्राथमिकतामा पार्ने प्रयासका लागि धन्यवाद व्यक्त गरे ।
देश सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ - प्रधानमन्त्री ओली
मंगलबार, फागुन २७, २०८१
मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् । उनले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने स्पष्ट पारे ।
विधान विपरीतको कुनैपनि काम स्वीकार्य हुँदैन - प्रधानमन्त्री ओली
सोमबार, फागुन २६, २०८१
प्रधानमन्त्री ओलीले राजावादीका नाममा सिंगै समाजलाई अशोभनीय बनाउने काम भइरहेको बताए । उनले राजनीति गर्न मन भए खुला मैदानमा आउन पूर्वराजालाई सुझाव दिँदै अस्थिरता र अराजकता फैलाउन नदिइने जिकिर गरे ।
लोकतन्त्र मास्न हिंसा मच्याउनेहरूले संविधान मास्न खोजे - प्रधानमन्त्री ओली
बुधबार, फागुन २१, २०८१
प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्व दिने धारणा राखे ।
बालेनले भने - सरकारले भ्रमको खेती गरिरहेको छ
सोमबार, फागुन १९, २०८१
बालेनले जति भ्रम फैलाए पनि, तपाईंका भ्रष्ट कार्यकर्तासँग नझुक्ने बताउँदै सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता नगर्ने स्पष्ट गरेका छन् ।
इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा
आइतबार, फागुन १८, २०८१
४७ वर्षीय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउँदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
बालेनको प्रधानमन्त्री ओलीलाई अर्को कटाक्ष- मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !
शुक्रबार, फागुन १६, २०८१
बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरिबन्धु टि-स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउँदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोप समेत लगाउँदै आएका छन्
नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशको सम्बन्ध अझ विस्तार हुने - प्रधानमन्त्री ओली
शुक्रबार, फागुन १६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् ।
प्रधानमन्त्री ओली र खेलाडीबीच भेटघाट
बुधबार, फागुन १४, २०८१
भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुई लाख हस्तान्तरण गरियो ।
महाशिवरात्रीको पूर्वसन्ध्यामा किन पुगे प्रधानमन्त्री ओली पशुपतिमा ?
मंगलबार, फागुन १३, २०८१
हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा दर्शनार्थीका रूपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रसन्नता र उत्सुकता व्यक्त गरेका थिए ।
ओलीले कार्यकर्तामाझ मनाए ७४औं जन्मदिन
आइतबार, फागुन ११, २०८१
२०७८ मंसिरमा भएको दशौं महाधिवेशनमा अध्यक्ष चुनिएका ओली नेपाली काँग्रेससँगको सहकार्यमा हाल चौथो पटक प्रधानमन्त्री बनेका छन् ।
सात वटा प्रदेश पाँच वा नौ पनि हुन सक्छ रूवाबासी गर्नु पर्दैन -प्रधानमन्त्री ओली
शनिबार, फागुन १०, २०८१
शनिबार काठमाडौंमा राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख लोकतन्त्रमा आधारभूत पक्षबाहेक अन्य संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताएका हुन् ।
साताको लोकप्रिय

