प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
बिहीबार, चैत ५, २०८२
निर्वाचन सम्पन्न गराउने कार्यमा संलग्न भई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, सबै सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तरराष्ट्रिय समुदाय, सञ्चारमाध्यम एवं सञ्चारकर्मी सबैप्रति पनि आयोगले धन्यवाद प्रकट गरेको छ ।
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
मंगलबार, चैत ३, २०८२
आयोगले राजनीतिक दलको तर्फबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र, दुईप्रति पासपोर्ट साइजको फोटोसहितको विवरण मङ्गलवार उपलब्ध गराइदिन आग्रह गरेको छ ।
देशभर शान्तिपूर्ण मतदान सम्पन्न, प्रारम्भिक मतदर ६० प्रतिशत अनुमान
बिहीबार, फागुन २१, २०८२
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको बताए । उनले भने, ‘२०८२ फागुन २१ गते बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतदान कार्य बिहान ७ बजेदेखि साझ ५ बजेसम्म शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
हेलिकोप्टर उडाउन बालेनले अनुमति लिएका थिए : निर्वाचन आयोगले
बिहीबार, फागुन २१, २०८२
यता निर्वाचन आयोगकी सहायक प्रवक्ता सिता पुनले उनले अनुमति नलिएको भन्ने कुरा गलत हल्ला मात्र भएको बताइन् । ‘उहाँको हेलिकोप्टर किन फर्कियो भन्नेबारे आयोगलाई जानकारी हुँदैन,’ पुनले भनिन्, ‘तर अनुमति नलिएको भन्ने कुरा हल्ला मात्रै हो । बुधबार बालेन जी आफैँ आयोगमा आएर अनुमति लिनुभएको थियो ।’
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन
मंगलबार, फागुन १९, २०८२
निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना
शुक्रबार, फागुन १५, २०८२
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमले गरेको एक अध्ययनबाट नेपालको निर्वाचन सम्बन्धमा सम्प्रेषण गरिएका हानिकारक सूचनामध्ये ५४ प्रतिशत सूचना कृत्रिम बौद्धिकता (एआई) बाट निर्मित ‘डिप फेक’ चित्र तथा भिडियोहरू प्रयोग भएको पाइएको छ ।
निर्वाचन निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन
शुक्रबार, फागुन १५, २०८२
शुक्रबार बिहान गृहमन्त्री अर्याल, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले गाउँपालिकाको मतदान केन्द्रको अनुगमनकासाथै निर्वाचन सुरक्षाबारे स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।
काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले खोले बैंक खाता
मंगलबार, फागुन ५, २०८२
निर्वाचन आचारसंहितामै सो व्यवस्था उल्लेख भए पनि आधाभन्दा बढी उम्मेदवारले अझै खाता नखोलेका हुन्।
निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह
सोमबार, फागुन ४, २०८२
निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन सम्शेर जवराले आसन्न निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुने सम्पूर्ण सरोकारवालाहरुलाई निष्पक्ष भएर लाग्न आग्रह गरेका छन् ।
सेतोपाटी अनलाइनलाई कारवाही गर्न पत्राचार
सोमबार, फागुन ४, २०८२
निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै ‘सेतोपाटी अनलाइन’ लाई कारवाहीको माग गरिएको छ । निर्वाचन आयोगले सेतोपाटीलाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको हो ।
६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी
शनिबार, फागुन २, २०८२
अब काठमाडौं उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ । गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो ।
निर्वाचन आयोगले हटायो समानुपातिक सूचीबाट ७६ जनाको नाम
सोमबार, माघ १९, २०८२
बन्दसूचीका सम्बन्धमा परेका उजुरी, प्रचलित कानून बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा उनीहरूलाई सूचीबाट हटाइएको आयोगले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो
सोमबार, माघ १९, २०८२
आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ ।
साताको लोकप्रिय

