हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ : शंकर पोखरेल
मंगलबार, भदौ २३, २०८३
उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाहलाई सहज बनाउनुपर्ने तथा सामाजिक सञ्जालको निर्बाध प्रयोग गर्न पाउनुपर्ने माग जायज रहेको बताएका छन् । यी माग सबैको साझा सरोकारका विषय भएको उनको भनाइ छ ।
जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
शनिबार, भदौ २०, २०८३
समस्याका कारण अनाहकमा हजारौं नेपालीले ज्यान गुमाउनु परेको दुखान्तको न्याय पूर्ण निरूपण हुनुपर्ने उनले माग गरेका छन् ।
हत्या, हिंसा र बलात्कार बढ्नुमा सामाजिक अराजकता र कमजोर राज्य व्यवस्था जिम्मेवार : शंकर पोखरेल
सोमबार, भदौ ८, २०८३
महासचिव पोखरेलका अनुसार देशको पछिल्लो अवस्थाले समाजमा आत्महत्याको शृङ्खलासमेत वृद्धि गराएको छ । समाजमा अपराध बढ्दै जाँदा नागरिकमा असुरक्षा र भयको मनोविज्ञान सिर्जना हुने उनको भनाइ छ ।
ओलीलाई अध्यक्षबाट हटाउने पक्षमा छैनौँ : शंकर पोखरेल
शनिबार, भदौ ६, २०८३
महासचिव पोखरेलले लोकतन्त्र र संविधानको रक्षाका लागि संसद्भित्र तथा बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको बताए।
सूचना प्रविधिले पुँजीवादलाई थप बलियो बनाएको छ : शंकर पोखरेल
आइतबार, साउन ३१, २०८३
उनले सूचना प्रविधिको विकासले पुँजीवादलाई नयाँ ढङ्गले बलियो बनाएको उल्लेख गर्दै विश्वका धनाढ्य व्यक्तिहरूको ठूलो हिस्सा सूचना प्रविधि र व्यापारसँग सम्बन्धित रहेको बताए ।
जनताको मन पढ्न नसक्दा हाम्रा रिपोर्टिङ गलत साबित भए : शंकर पोखरेल
शनिबार, साउन २३, २०८३
पोखरेलले जनताको मन बुझ्न सक्नेगरी पार्टीको संरचना र सञ्जाल निर्माण गर्नुपर्ने बताए । पार्टीको अभियानकै क्रममा यसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।
प्रदेशको औचित्य छैन भन्नेहरू सङ्घीयता विरोधी हुन् - शंकर पोखरेल
शुक्रबार, साउन २२, २०८३
प्रेस चौतारी नेपाल रामेछाप आबद्ध पत्रकारसँग शुक्रबार मन्थलीमा कुरा गर्दै उनले प्रदेशको कारण खर्च बढ्यो भन्ने कुरा लगत भएको दाबी गरे ।
हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल
शनिबार, साउन ९, २०८३
नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले आलोचनाबाट आफूहरू कहाँ सुधार गर्नुपर्ने हो भन्ने कुरा थाहा हुने बताए ।
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई
शुक्रबार, असार २६, २०८३
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्राप्त सुझावहरूलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी भएका थिए ।
नयाँ शक्तिको उदय असन्तोषको परिणाम हो, टिक्दैन : शंकर पोखरेल
बिहीबार, असार २५, २०८३
सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नागरिकको जीवनस्तरमा सुधार आए पनि सोही अनुपातमा आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा असन्तोष बढेको बताएका छन् ।
रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल
शनिबार, असार १३, २०८३
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले रास्वपाले विगतमा उठाएको ‘नो भोट’ को मुद्दा स्मरण गराउँदै महाधिवेशनको नतिजामाथि व्यंग्य गरेका हुन्।
पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छ : शंकर पोखरेल
सोमबार, असार १, २०८३
पोखरेलले पपुलिजम र एनार्किजमले तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र समाजलाई यथास्थितिमै राख्ने प्रवृत्ति देखाउने दाबी गरे ।
पपुलिज्म कुनै दीर्घकालीन राजनीतिक विकल्प होइन : शंकर पोखरेल
आइतबार, जेठ ३, २०८३
उनले केवल लोकप्रियताका आधारमा विकल्प निर्माण हुन नसक्ने जिकिर गर्दै वैचारिक धरातल कमजोर भए पपुलिज्मको सिकार बन्ने खतरा रहने बताए ।
साताको लोकप्रिय

