सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, विजेताले २६ लाख पाउने
आइतबार, माघ ६, २०८१
सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।
नेविसंघले टी २० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्ने (परिपत्रसहित)
आइतबार, माघ ६, २०८१
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेविसंघका मुख्य सचिव विजय खड्काले माघ ७ गते (भोलि) अन्तराष्ट्रिय अन्तर विश्विद्यालय टी २० जय नेपाल कप क्रिकेट प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो
आइतबार, माघ ६, २०८१
नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको छ ।
नेपालको पुरूष टोली पनि खो खो विश्वकपको फाइनल प्रवेश, इतिहास रच्दै नेपाली खेलाडी
शनिबार, माघ ५, २०८१
नेपालको पुरूष टोली खो खो विश्वकपको फाइनल प्रवेश गरेको छ । भारतमा जारी खो खो विश्वकप नेपाली पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको हो ।
नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा प्रवेश
शनिबार, माघ ५, २०८१
नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपाली टोलीले फाइनल यात्रा तय गरेको हो ।
नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
शनिबार, माघ ५, २०८१
नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् भने सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न नसके पछि बंगलादेशले झिनो लक्ष्य पाएको हो ।
नेपालले दियो बंगलादेशलाइ ५२ रनको लक्ष्य
शनिबार, माघ ५, २०८१
मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले झिनो लक्ष्य दिएको छ ।
आफ्नो पहिलो खेलमा शनिवार नेपालको ब्याटिङ नचल्दा नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको हो।
पिपलडाँडा देविस्थान माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
शनिबार, माघ ५, २०८१
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको छ । वडा नं १० अर्खौलेमा सञ्चालित सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित पाँचौँ संकरणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि मङ्गलटारले छ स्वर्ण, नौँ रजत र दुई काँस्य...
यु-१९ महिला टी-२० विश्वकप आजबाट: नेपाल बंगलादेशसँग ऐतिहासिक भिडन्त
शनिबार, माघ ५, २०८१
नेपालले आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपको पहिलो खेल आज खेल्दैछ ।
नेपालले पहिलो खेल अर्थात् उद्घाटन खेलमा बंगलादेशसँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको हो । गत शनिबार प्रतियोगिताका लागि मलेसिया प्रस्थान गरेको नेपाली टोलीले आज बंगलादेशसँग पहिलो खेल खेल्न लागेको हो ।
धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने
शुक्रबार, माघ ४, २०८१
धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
गो ड्रिमर्सको आयोजनामा माघ १९ गतेदेखि २८ सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीद्वारा गण्डकी पराजित
शुक्रबार, माघ ४, २०८१
प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम ‘सुपर फोर’मा
शुक्रबार, माघ ४, २०८१
प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’मा प्रवेश गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि १० विकेटको जीत निकालेको हो ।
पुलिस क्लब भयो जय ट्रफीको च्याम्पियन
बिहीबार, माघ ३, २०८१
आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाएका थिए भने पुलिसका सागर ढकालले ६ र ललितनाराण राजवंशीले चार विकेट लिएका छन् ।
साताको लोकप्रिय

