अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र परिवारलाई सरकारी छात्रवृत्ति

काठमाडौं - अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्रवृति पाउने भएका छन् ।
केपी ओली नेतृत्वको सरकारले खेलकुद विकासमा काम गर्ने उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय पुरस्कार र पदवी विजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।
राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम वाचन जारी रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १६:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय