संकटा सेमिफाइनलमा, सृजनको चार गोल
मंगलबार, चैत १२, २०८१
सृजनराज गौतम एक्लैको चार गोलसँगै संकटा क्लबले २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
आइपिएल: मुम्बईविरूद्ध चेन्नईको जित
सोमबार, चैत ११, २०८१
मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा गर्यो । ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे । उनले ४५ बलमा २ चौका र ४ छक्का हाने ।
पुलिसलाई हराउँदै चर्च ब्वाइज तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
आइतबार, चैत १०, २०८१
‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।
कोशीलाई १३१ रनले पराजित गर्दै बागमती विजयी
शनिबार, चैत ९, २०८१
बागमतीका लागि शुभ कंसाकारले ३९, शुतोष घिरैयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५, रिजन ढकालले अविजित २२, सोनु देवकोटा १८, सूर्यले १७ तथा गौतम केसी १६ रन बनाएका थिए ।
पीएम कपः पुलिसको सातौं जित
बिहीबार, चैत ७, २०८१
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको हो । बिहीबार एक्ट्राटेक ओभलमा पुलिसले ९३ रनको सहज जित हासिल गरेको हो ।
लुम्बिनीलाई ५ विकेट हराउँदै सुदुरपश्चिमको दोस्रो जीत
बुधबार, चैत ६, २०८१
लुम्बिनीले प्रस्तुत गरेको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले अविजित ४३, कप्तान नारायण जोशीले अविजित २५, प्रकाश पाण्डेले २२ र खडक बोहराले ११ रन बनाउन सफल भए भने छैटौं विकेटका लागि किरण र नारायणले अविजित ५६ रनको साझेदारी गरेका...
पीएम कप - कर्णाली र बागमती विजयी
मंगलबार, चैत ५, २०८१
त्यस्तै सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गर्यो । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक ५५ रन जोडे ।
सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा, को को परे ?
सोमबार, चैत ४, २०८१
नेपालले मार्च २१ मा सिंगापुरमा सिंगापुरसँग खेल्नेछ, त्यसपछि मार्च २५ मा मलेसियासँग एएफसी एशियन कपको छनोट खेल खेल्नेछ । एक वर्षको कार्यकालका लागि नियुक्त भएपछि रसको यो पहिलो खेल हुनेछ ।
पीएम कपमा आज तीन खेल हुदै
सोमबार, चैत ४, २०८१
जारी पीएम कपमा आज तीन खेल हुदै छन्।
आज नेपाल लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ।
तोप २१ को आयोजनामा चौतारामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने
सोमबार, चैत ४, २०८१
प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका-५ टुँडिखेल मैदानमा यही चैत १५ देखि २० गतेसम्म हुने प्रतियोगितामा सहभागिताका लागि चैत १० गतेसम्म टिम दर्ता गर्न आयोजकले आव्हान गरेको हो।
ओलम्पिक कमिटीको अहिलेको कार्यसमिति अवैधानिक - मन्त्री चौधरी
आइतबार, चैत ३, २०८१
नयाँ कार्यसमिति चयनका लागि चुनाव नभएसम्म ओलम्पिक कमिटीले गर्ने कुनै पनि काम कानुन बमोजिम नहुने उनले बताए । उनले ओलम्पिक कमिटीको कार्यसमिति अवैधानिक भएपनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले सहजीकरण गर्ने बताए ।
पीएम कप: लुम्बिनी ४८ रनले विजयी
आइतबार, चैत ३, २०८१
लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाएका थिए भने मनिष थापा र कप्तान देव खनालले १५-१५ रन बनाएका थिए । त्यसैगरी बाग्मतीका बलर गौतम केसीले ४ विकेट लिएका थिए भने सुर्य तामाङ र इशान पाण्डेले २-२ विकेट लिएका थिए ।
कोशीमाथि आर्मीको सानदार जित
शनिबार, चैत २, २०८१
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४९.३ ओभरमा अल आउट हुँदै २३० रन बनाएको थियो । कोशीका लागि सुभन गहतराजले ५१ रन बनाए भने सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर सोमपाल कामीले ४ विकेट लिए भने आकस चन्द र...
साताको लोकप्रिय

