महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने (भिडियोसहित)
काठमाडौं - प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रज्ञा स्मृति प्रतिष्ठानले नेपाल पुलिस क्लब भुकुटीमण्डपमा जेठ २४ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती हेटौँडाको सहयोग साथै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२ १५:१८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद