Harsamaya
आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलोरले जित्यो
आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलोरले जित्यो । ‍‍‍‍

काठमाडौं - आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलोरले जितेको छ । गएराति भएको खेलमा बैंगलोरले पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गर्दै बैंगलोरले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनायो। तर पञ्जाब किंग्सले २० ओभरमा सात विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो। बैंगलोरको जितका नायक भुवनेश्वर कुमार र कृणाल पाण्ड्या थिए। उनीहरूले दुई-दुई विकेट लिए।

पञ्जाब किंग्सका लागि शशांक सिंहले ६१ रनको अविजित इनिङ खेले। तर उनले टोलीलाई जित दिलाउन सकेनन्। बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणान पन्ड्याले समान दुई विकेट लिए । यस्तै, यद दयाल, जस हेजलवुड र रोमारियो सेफर्डले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो । बेंगलुरुका विराट कोहलीले सर्वाधिक ४३ रन बनाए ।

कप्तान रजित पटिदरले २६ रन थप्दा लियम लिभिङस्टोनले २५ र मयंक अग्रवाल तथा जितेश शर्माले समान २४ रन थपे । रोमारियो सेफर्डले १७ र ओपनर फिल साल्टले १६ रन जोडे । पञ्जावका अर्शदीप सिंह र काइल जेमिसनले तीन–तीन विकेट लिए । युजवेन्द्र चहल, विजयकुमार व्यासक र अज्मतुल्लाह ओमरजाईले समान एक विकेट लिए ।

अन्तिम खेलमा, पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर बीचको लडाई पनि दुई अधुरा सपनाहरूको बारेमा थियो। तर पञ्जाब किंग्सको च्याम्पियन बन्ने सपना फेरि एक पटक अधुरो रह्यो। अर्कोतर्फ, आरसीबीले पञ्जाब किंग्सलाई हराएर पहिलो पटक आईपीएल उपाधि जितेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update