Harsamaya
मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपिएलको फाइनलमा 
मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपिएलको फाइनलमा  ।

काठमाडौं - पञ्जाब पञ्जाब किंग्सले आईपीएल २०२५ को क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ। योसँगै टोली ११ वर्षपछि आइपिएलको फाइनलमा प्रवेश गरेको छ।  यसअघि टोलीले २०१४ सिजनको उपाधि खेलेको थियो । अब फाइनल जुन ३ मा पञ्जाब र बैंगलोरबीच हुनेछ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको खेलमा पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याउँदै पञ्जाब किंग्सले फाइनल सुरक्षित गरेको हो । पञ्जावका कप्तान श्रेयसले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए । उनले ४१ बलमा ८७ रनको अविजित इनिङ खेलेका थिए भने यो इनिङ्समा ५ चौका र ८ छक्का समावेश भएको थियो ।

१९औं ओभरमा बलिङ गरिरहेका अश्विनी कुमारको बलमा कप्तान श्रेयस अय्यरले दुई छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिए । श्रेयसका साथै नेहल वढेराले ४८ र जोस इन्ग्लिसले ३८ रन बनाउन सफल भए । जसमा अश्विनी कुमारले दुई विकेट लिए । टस हारेर ब्याटिङ गरेको मुम्बईका तिलक वर्मा र सूर्यकुमार यादवले ४४ रनको इनिङ्स खेले । जोनी बेयरस्टोले ३८ रन बनाए । पञ्जाबका अजमातुल्लाह उमरजाईले २ विकेट लिएका थिए । पञ्जाब आइपीएल २०२५ को फाइनलमा प्रवेश गरेसँगै टोलीले मे ३ मा बेंगलुरुको सामना गर्नेछ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update