पर्वतका दुई सामुदायिक क्याम्पस ‘मर्ज’
आइतबार, माघ ६, २०८१
सदरमुकाम कुश्मा बजारमा सञ्चालित दुईवटा क्याम्पस एक आपसमा गाभिएका छन् ।
आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ ।
घुम्ती पुस्तकालयबारे जनचासो
आइतबार, माघ ६, २०८१
महोत्तरीमा पछिल्लो समय घुम्ती पुस्तकालय (बुकबस) बारे जनचासो बढ्दै गएको छ । भङ्गाहा नगरपालिका–४ राष्ट्रिय आधारभूत विद्यालय, दलित र जनजाति बसोबासका टोलकेन्द्रित घुम्ती पुस्तकालयका कारण पठन रुची बढाएको अभिभावकले बताएका छन् ।
एउटा स्कूल जहाँ दिवा खाजाका लागि विद्यालयको कौसीमा फलाइन्छ तरकारी
शनिबार, माघ ५, २०८१
तित्याङ्का विद्यार्थीले गमलामा तरकारीखेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्थाले सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो ।
दुई सय बढी बालबालिका विद्यालय जान छाडे
शनिबार, माघ ५, २०८१
महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।
मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् ।
वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्चः राष्ट्र बैंक
शुक्रबार, माघ ४, २०८१
देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित
बिहीबार, माघ ३, २०८१
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ‘डाक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी’ (एमडी/एमएस) प्रथम र दोस्रो ब्याचका ३८ विद्यार्थीलाई दीक्षित गरेका हुन् ।
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
सोमबार, पुस २९, २०८१
जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् ।
बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित
शनिबार, पुस २७, २०८१
चालु आर्थिक वर्षको पाँचौँ महिना बित्न लाग्दा पनि विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित भएको छ । आर्थिक अभावमा पठनपाठनदेखि निर्माणाधीन भवनको कामसम्म प्रभावित भएको हो ।
मधेस कृषि विश्वविद्यालय राजविराजका रजिष्ट्रार डा भगवान ठाकुरका अनुसार आर्थिक कारोबार सुरू नभएकाले भाडाको कोठामा सञ्चालन रहेको विश्वविद्यालयको कक्षासमेत...
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
शुक्रबार, पुस २६, २०८१
चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् ।
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई
बिहीबार, पुस २५, २०८१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छिन् ।
शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू क्रियाशील रहेको बताइन् ।
महायज्ञबाट जुट्यो चार करोड ३९ लाख
बुधबार, पुस २४, २०८१
शहीद बहुमुखी क्याम्पसमा संकाय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा रु चार करोड ३९ लाख संकलन भएको छ ।
विद्यार्थीलाई पञ्चेैबाजा बजाउने तालिम
मंगलबार, पुस २३, २०८१
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ स्थित देवचुली माध्यमिक विद्यालयले विद्यार्थीलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरेको छ। तालिम लिएपछि अहिले यहाँका विद्यार्थी फुर्सदमा बाजा बजाएर आम्दानी गर्न थालेका छन्।
दुई महिनाअघि विद्यालयले कक्षा ६ देखि ९ सम्मका बाजा बजाउन इच्छुक ११ जना विद्यार्थीलाई तालिम प्रदान गरेको थियो।
पञ्चेबाजा बजाउने तालिममा...
साताको लोकप्रिय

