आज सुनको भाउ २३ सय रुपैयाँले बढ्यो
बिहीबार, फागुन १, २०८१
बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।
इन्द्रावती -७ मा ‘जनयुद्ध दिवस’मनाउन सार्वजनिक बिदा
बिहीबार, फागुन १, २०८१
गाउँपालिकाले बिदा नदिएपनि वडाध्यक्ष रविन्द्र कुमार खातीले वडाको निर्णय भन्दै बिदा दिएका हुन् । अहिलेको लोकतन्त्रको जग जनयुद्ध भएकाले बिदा दिइएको उनले बताए । तर कानुनत वडाले सार्वजनिक बिदा दिन भने मिल्दैन । गाउँपालिका वा नगरपालिकालाई भने स्थानीय आवश्यकताअनुसार बिदा दिन सक्ने अधिकार छ ।
रेडक्रस खोटाङको सभापतिमा जोशी
बिहीबार, फागुन १, २०८१
१२ औँ जिल्ला अधिवेशनअन्तर्गत बुधबार साँझ भएको निर्वाचनमा जोशीले ८१ मत ल्याएर विजयी हुँदा बस्नेतले ४० मत प्राप्त गरेका छन्। यस्तै, महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी भएका छन्। आचार्यले ७० मत तथा बस्नेतले ४५ प्राप्त गरेका छन्।
आजको मौसमः तीन प्रदेशकाे माैसम बदली रहने
बिहीबार, फागुन १, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो लागेको छ।
छोरीको शव ल्याउन विगत १० महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा
बिहीबार, फागुन १, २०८१
रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो ।
आजको राशिफल
बिहीबार, फागुन १, २०८१
वृष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।
२४ घण्टामा आगलागीबाट तीन जनाको मृत्यु
बुधबार, माघ ३०, २०८१
डढेलोसमेत सुरु भएकाले सचेत हुन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । पछिल्लो २४ घण्टामा सोलुखुम्बू, दाङ र गुल्मी, मोरङ, भोजपुर, सिरहा, रौतहट पर्सा, मकवानपुर, कास्की बाँके पाल्पा, सुर्खेत, सल्यान, कैलाली, म्याग्दी रुकुमपूर्व र मुगुमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।
सत्यसाई स्कूलको बस शंखरापुरमा दुर्घटना, तीन जनाको मृत्यु
बुधबार, माघ ३०, २०८१
बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको स्कूल बस ब्रेक फेल भएर दुरंघटनामा परेको बोहराले बताए।
डुबानपछि कस्तो छ बबरमहल ? (फोटो फिचर)
बुधबार, माघ ३०, २०८१
काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको जानकारी दिए ।
ग्यास उद्योगीको आन्दोलन स्थगन
बुधबार, माघ ३०, २०८१
संघले लागतअनुसार बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो। सङ्घले छ वर्षअघि समायोजन गरिएको मूल्यमा अहिले पनि ग्यास वितरण भइरहेकाले घाटा बेहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राख्दै आएको छ।
नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्यांकन गरौँ - प्रमुख शाह
बुधबार, माघ ३०, २०८१
‘पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनु पर्छ’ उनले भने, ‘महत्वपूर्ण कुरा भनेको नागरिकलाई दिनु पर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन । तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो ।’
विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्दा खानेपानीको पाइप फुट्यो
बुधबार, माघ ३०, २०८१
पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतसहित वरपरका सरकारी भवन जलमग्न बनेका थिए भने केही सवारीसाधन डुबानमा समेत परेका थिए ।
नुवाकोटमा पहिलो पटक सञ्चारिका समूह गठन, अध्यक्षमा तामाङ
बुधबार, माघ ३०, २०८१
आज बुधवार जिल्ला सदरमुकाम विदुरमा भएको महिला सञ्चारकर्मीहरूको भेलाले ७ सदस्यी समूह गठन गरेको छ । जस अन्तर्गत अध्यक्षमा शक्तिमाया तामाङ, उपाध्यक्षमा भगवती लामा, महासचिवमा रुपा अर्याल, सचिवमा करुणा लामिछाने, कोषाध्यक्षमा प्रितिका थापा, सदस्यहरुमा पार्वती विक र विनिता पनेरु रहेका छन ।
साताको लोकप्रिय

