पशुपतिनाथ दर्शनका लागि यस्तो छ कोषको तयारी, सोमबार रिङरोडमा निशुल्क बसको व्यवस्था [भीडियो]
बिहीबार, साउन १, २०८२
श्रावणी मेलाको व्यवस्थापनमा कोषले स्थानीय क्लब, राष्ट्रिय संस्था, संघसंस्था, स्वयंसेवी संस्था र सुरक्षा निकायसँगको सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। जोशीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरक्षा संस्थालाई निकायहरूसँग समन्वय गरेर काम गरिरहेको बताए ।
बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक
बिहीबार, साउन १, २०८२
काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपाल थोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो ।
सरकारद्वारा ३० व्यावसायिक कम्पनीलाई सीआईपी सम्मान
बिहीबार, साउन १, २०८२
सीआईपी प्राप्त गर्नेहरूमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक नौ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका हुन् । व्यवसायीका प्रतिनिधिमूलक संस्थाहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार...
प्रधानमन्त्री ओलीको शुभकामना, साउने धरती झैँ सबैका मनमा हरियाली छाओस्
बिहीबार, साउन १, २०८२
बिहीबार सामाजिक सञ्जालमार्फत उनले साउने धरती झैँ सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् भन्दै शुभकामना दिए ।
चिकित्सा शिक्षा आयोगद्धारा पिसिएल नर्सिङको कोटा निर्धारण
बिहीबार, साउन १, २०८२
हाल उक्त आङ्गिक, गैह्रनाफमूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी दुई सय ८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ । बैठकमा मेडिकल कलेजहरूलाई पनि पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानुनी सहजीकरणको विषयमा पनि छलफल भएको थियो ।
एमालेको सचिवालय बैठक बस्दै
बिहीबार, साउन १, २०८२
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ ।सचिवालय बैठकले साउन २ गते बस्ने पार्टी पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको कार्यसूची पनि तय गर्नेछ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
बिहीबार, साउन १, २०८२
समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ ।
धनुषा जिल्ला अदालतद्वारा १० वर्ष यताकै सबै भन्दा बढी मुद्दा फर्छ्यौट
बिहीबार, साउन १, २०८२
नयाँ तथा पुराना मुद्दाहरू कुल ९ हजार ९ सय ३२ रहेकोमा जिल्ला अदालतले सार्वजनिक गरेको ३० गतेसम्मको तथ्याङ्क अनुसार जम्मा ५ हजार ६ सय ४९ वटा मुद्दा फर्छ्यौट भएको छ ।
तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
बिहीबार, साउन १, २०८२
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक–२०८१ को सम्बन्धमा दफावार छलफल हुने कार्यसूची छ ।
पहिरोको जोखिममा निलबाराही मन्दिर: श्रमदान मार्फत संरक्षणको प्रयास, स्थानीय सरकार भने निष्क्रिय (भिडियो रिपोर्ट)
बिहीबार, साउन १, २०८२
काठमाडौं उपत्यकामा रहेका चार बाराही मध्ये सबैभन्दा महत्त्वपूर्ण धार्मिक स्थलका रूपमा यसलाई लिइन्छ । तर एक दशक देखी उक्त मन्दिर पहिरोको उच्च जोखिममा छ । पहिरो रोकथामका लागि स्थानीय सरकार र सम्बन्धित निकायले ठोस पहल नगरेपछि अहिले स्थानीयहरूले श्रमदान गरेर पहिरो नियन्त्रणको काम गरिरहेका छन् ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा
बिहीबार, साउन १, २०८२
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज साउने संक्रान्ति, ‘लुतो फाल्ने’ दिन
बिहीबार, साउन १, २०८२
लुतो फाल्दा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।
आज साउनको पहिलो दिन , कुन राशिका लागि शुभ ?
बिहीबार, साउन १, २०८२
म्दानीका स्रोतहरू बढ्नेछन् र आर्थिक स्थिति बलियो हुनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
साताको लोकप्रिय

![पशुपतिनाथ दर्शनका लागि यस्तो छ कोषको तयारी, सोमबार रिङरोडमा निशुल्क बसको व्यवस्था [भीडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/9-1752736218.png)