Harsamaya
चितवनमा बस दुर्घटना, ३३ जना घाइते
सांकेतिक तस्वीर: हर समय/Har samaya

चितवन - गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्‍याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update