Harsamaya
अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने
अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने एनआरएन आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा हालै बसेको पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) मा सम्मेलन गर्ने निर्णय गरेको आइसीसीका महासचिव बाबुराम (बीआर) लामाले जानकारी दिए । 
साउने सोमबार : पशुपति दर्शनमा सहजता, यस्ता छन् सुविधाहरू
साउने सोमबार : पशुपति दर्शनमा सहजता, यस्ता छन् सुविधाहरू साउनको पहिलो सोमबार पशुपतिसहित अन्य शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । यस अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिक स्थल पशुपतिमा दर्शनार्थीहरुको बिहानैदेखि भक्तजनको भीड छ ।
डार्टफोर्ड नेपाली समाज युकेको अध्यक्षमा तीर्थ पौड्याल निर्वाचित
डार्टफोर्ड नेपाली समाज युकेको अध्यक्षमा तीर्थ पौड्याल निर्वाचित समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष अनुक्रम रिजाल र सिर्जना पौडयाल सिटौला, महासचिवमा रामप्रसाद सुवेदी, सचिवमा डा. रामजी भण्डारी, कोषाध्यक्षमा अमृत शर्मा पौडेल, सदस्यहरूमा डा. तेजेन्द्र फेराली, गायत्री श्रेष्ठ, भुवनेश्वरी माडै ‘भुमि’, शर्मिला नेपाल, उमेश तिवारी, डा. दीपक पाण्डे, निर महर्जन सर्वसम्मत रूपमा चयन भएका हुन् ।
अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा
अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । ढल्के पुलकी ५१ वर्षीया दीपा लामाको दुई कोठाको कच्ची घर खोलाले कटान गर्दा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिपोर्टिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
चक्रपथको कलंकी–चाबहिल सडक खण्ड विस्तारमा ढिलाइ :  यात्रु, व्यवसायी र सवारी चालकहरूलाई सास्ती (भिडियोसहित)
चक्रपथको कलंकी–चाबहिल सडक खण्ड विस्तारमा ढिलाइ :  यात्रु, व्यवसायी र सवारी चालकहरूलाई सास्ती (भिडियोसहित) चक्रपथ हुँदै दैनिक आवतजावत गर्ने यात्रु मलिकाले भनिन् ‘सडकमा हिँड्न एकदमै गाह्रो छ । मेन रोडबाट हिँड्न खोज्यो भने गाडीले ठोकिदेला कि भन्ने डर, छेउतिर हिँड्न खोज्दा धुलो र खाल्डाखुल्डीको जोखिम छ । एउटा गाडी पास भएपछि त्यस्तो धुलो उठ्छ कि हिँड्नै नसकिने हुन्छ ।’
खानेपानी मन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण
खानेपानी मन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परीक्षण कार्य सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा वर्षा
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा वर्षा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज साउनको पहिलो सोमबार
आज साउनको पहिलो सोमबार शिव पुराणमा उल्लेख भएअनुसार समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष शिव भगवान्ले साउन महिनामा नै निलेको र पछि सन्सारको रक्षा भएको विश्वास गरिन्छ । ज्योतिषीय दृष्टिकोणले पनि साउन महिना आरम्भ भएसँगै सूर्य कर्कट राशिमा प्रवेश गर्दछ ।
आजको राशिफल : वृषको नयाँ अवसर,  कर्कटको प्रेममा सफलता
आजको राशिफल : वृषको नयाँ अवसर, कर्कटको प्रेममा सफलता प्रयत्न गर्दा भाग्यले तपाईँको साथ दिनेछ र तपाईँलाई सफलता मिल्नेछ। परिवारको सहयोग र मार्गदर्शनले महत्त्वपूर्ण कार्यहरूमा प्रगति प्राप्त हुनेछ। तपाईँले आफ्नो श्रमको उचित मूल्य पाउनुका साथै आम्दानीमा पनि वृद्धि हुनेछ। 
एमआरपी सम्बन्धी निर्देशनविरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन पत्र
एमआरपी सम्बन्धी निर्देशनविरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन पत्र ‘पूर्वाधार तयार नगरी तथा सरोकारवालासँग समन्वय नगरी एमआरपी लागू गर्ने निर्णयले व्यवसायीहरू थप संकटमा पर्नेछन्,’ ज्ञापन पत्रमा भनिएको छ । महासंघले यस्तो निर्णय तत्काल सबै वस्तुहरूमा लागू नगरी केवल अत्यावश्यक वस्तुहरूमा चरणबद्ध ढङ्गले लागू गर्नुपर्ने सुझाव दिएको छ ।
Weather Update