तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो
काठमाडौं - हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
राती तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२ ०६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

