Harsamaya
 गृहले गर्यो ८ उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं - गृह मन्त्रालयले उपसचिव तथा प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन र सरुवा गरेको छ । २०८२ पुस २८ गतेको निर्णयअनुसार उपसचिव जुनु हमाल ढकाललाई जिल्ला प्रशासन कार्यालय डोल्पाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।

यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत निर्देशक मुकेश कुमार केशरीलाई जिल्ला प्रशासन कार्यालय बझाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने जिल्ला प्रशासन कार्यालय डोल्पामा कार्यरत प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालालाई जिल्ला प्रशासन कार्यालय पाँचथरमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी केशव बहादुर डुकाठीलाई जिल्ला प्रशासन कार्यालय दैलेखमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गत कार्यरत उपसचिव नवराज बराललाई जिल्ला प्रशासन कार्यालय बाजुरामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उपसचिव भविन्द्र घिमिरेलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा तथा उपसचिव कृष्ण प्रसाद गैरेलाई जिल्ला प्रशासन कार्यालय धनुषामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय बालुवाटारमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत जनकराज पन्तलाई गृह मन्त्रालयअन्तर्गत उपसचिवमा सरुवा गरिएको छ ।

 

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update