सुशासन र अग्रगामी परिवर्तनको संकल्प नै नया वर्षको शुभकामना : प्रचण्ड (भिडियोसहित)
सोमबार, वैशाख १, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तनको संकल्प र प्रतिबद्धता नै नया वर्षको शुभकामना भएको बताएका छन् ।
वीरगन्जमा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी (पत्रसहित)
सोमबार, वैशाख १, २०८२
पर्सा प्रशासनले बिरगन्जमा लगाएको कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सोमबार देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ ।
पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने नलागौं : सभामुख
सोमबार, वैशाख १, २०८२
उनको तर्क छ, ‘हामीले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने होइन, नयाँ वर्षमा अझै अग्रगामी बनाउँदै मुलुकलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्राप्त हुने विश्वास लिएको छु ।’
नयाँ वर्षमा “क्याम्पेन फर क्लिन पोलिटिक्स” को अभियान चलाउन आवश्यक : डा शेखर
सोमबार, वैशाख १, २०८२
नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नयाँ वर्ष काँग्रेस महाधिवेशनको वर्ष भएको बताएका छन् । नयाँ वर्ष २०८२ को शुभकामना दिँदै उनले कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने बताए ।
निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गरौंः प्रधानमन्त्री
सोमबार, वैशाख १, २०८२
जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् । यिनलाई परस्पर विरोधी शक्तिका रुपमा होइन, तिनीहरु बीचको एकतालाई शक्तिका रूपमा विकास गरेर अगाडि बढ्नु पर्दछ । सद्भाव, सहिष्णुता र राष्ट्रप्रेमको मिलनबिन्दुमा उभिएर मात्र हामी देशलाई अगाडि बढाउन सक्छौं ।
मुलुकमा आज विकास केवल सपना होइन, यथार्थ बनिरहेका...
मधेश प्रदेश सभाको चौथो अधिवेशन अन्त्य, यस्ता छन् उपलब्धिहरू
आइतबार, चैत ३१, २०८१
प्रदेशसभाको चौथो अधिवेशनबाट तीन वटा ऐनहरू पारित भएका छन् । प्रदेश बाल अधिकार ऐन २०७९ (पहिलो संशोधन), प्रदेश कृषि विकास विधेयक र मधेश पर्यटनको विकास र प्रवर्द्धन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन् ।
सत्तामा रहेर सडकमा उत्रियो जनमत, आफ्नै सरकारविरुद्ध प्रदर्शन
आइतबार, चैत ३१, २०८१
डा. झाले धनुषा–३ मा योजनाबाट वञ्चित गरिएकाले त्यहाँ गम्भीर असन्तोष बढेको बताए । उनका अनुसार पुरक बजेटबाट समेत उक्त क्षेत्रमा कुनै योजना नल्याइएकाले समानताको सिद्धान्त उल्लंघन भएको हो । ‘विकास योजनामा भेदभाव गर्न मिल्दैन, सबै क्षेत्रलाई समान रूपमा हेर्नुपर्छ,’उनले भने ।
सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा
आइतबार, चैत ३१, २०८१
‘वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्छ; देउवाले भने । उनका अनुसार शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने जनाएका छन् ।
आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः नैनसिंह महर
आइतबार, चैत ३१, २०८१
मन्त्री परिषद्को बैठकबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरू भएको बताउँदै महरले भने, ‘गर्न सकिने मागका लागि छिटो मन्त्रि परिषद्को बैठक राखेर टुंग्याईनु पर्ने र बाँकी विषयको वर्गीकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढ्न सकिने तमाम आधारलाई सरकारले गम्भीर रूपमा लिनुपर्दछ।’
झापामा एमालेको जनजागरण सभाको खर्च १२ लाख ६५ हजार
आइतबार, चैत ३१, २०८१
प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएकोसमेत बताएका छन् । उनले भने, ‘यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो । यसको निरन्तरता अब पनि दिइने छ।’ उनले वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा...
संवैधानिक निकाय तथा राजदूत नियुक्ति गर्दा दुई वर्षको कुलिङ समय राख्न डा. शेखरको सुझाव
आइतबार, चैत ३१, २०८१
आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारी कर्मचारीहरुलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्ने धारणा राखेका छन् ।
ओली सरकार बदनाम भइरहेको कुरामा देउवा ‘कन्भिन्स’
शनिबार, चैत ३०, २०८१
कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले ओली सरकारको प्रफमेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो,’ देउवाले छोटो प्रतिक्रिया दिदैँ भने ।
ज्ञानेन्द्र तीनकुने घटनाको ‘मास्टरमाइन्ड’, नागरिकसरह कारबाही हुन्छ - ईश्वर पोखरेल
शनिबार, चैत ३०, २०८१
अराजकतावादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो । देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोसँग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलले बताए । ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागीदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार (पूर्वराजालाई) बनाउने छौं,’ उनले भने ।
साताको लोकप्रिय

