मुद्दा लाग्यो भनेर दिउँसै घरमा सिरक ओढेर सुत्ने मान्छे म होइन - कांग्रेस नेता मोहन बस्नेत (भिडियोसहित)
शनिबार, साउन ३, २०८२
सिन्धुपाल्चोकमा विपति पर्यो भने कहाँ छ कांग्रेस भनेर खोज्ने गरेको उनले सुनाए । उनले सामाजकि सञ्जालमार्फत आफ्नो चरित्र हत्यामा लागेकाले आफ्ना कार्यकर्तालाई पनि सामाजकि सञ्जालमा एक्टिभ हुन आग्रह गरे ।
मोहन दाइले बालिदिएको बिजुलीमा मोबाइल चार्ज गरेर विरोध गर्नुको कुनै तुक छैन - सचिव भक्तध्वज बोहोरा [भिडियो]
शनिबार, साउन ३, २०८२
‘मोहन बहादुर बस्नेतले लगेको बिजुलीमा मोबाइल चार्ज गरेर उहाँले खोलेका स्कुलमा सावा अक्षर पढेर फेसबुकका भित्ताहरूमा जुन ढंगले उहाँमाथि आरोप लगाउने काम भएको छ यस्ता कुराले हामीलाइ केही फरक पर्ने छैन’, उनले भने । यसका माध्यमबाट तपाईंहरूले आफूलाई सफल बनाउन सक्नुहुने छैन उनले अन्य पार्टीलाइ चेतावनी दिए ।
एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै
शनिबार, साउन ३, २०८२
नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्ने भएको छ ।
लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौ : प्रधानमन्त्री ओली [भिडियो]
शुक्रबार, साउन २, २०८२
‘हामी संयुक्त राष्ट्रसङ्घको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तर्राष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ । हाम्रा कोही शत्रु छैनन्, हामी सबैसँग मित्रता राख्छाैं । हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ’, प्रधानमन्त्री ओलीले भने ।
युद्ध र रगत बगाएर मात्र समाजवाद प्राप्त हुँदैन : वामदेव गौतम [भिडियो]
शुक्रबार, साउन २, २०८२
उनले भने, ‘युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीले सोचेको समाजवाद प्राप्त हुन्छ भन्नेमा म छैन । त्यही भएर नै हामीले नेपालको संविधानमा लोकतान्त्रिक, मूल्य मान्यतामा आधारित समाजवाद भनेका छौ । हामी जाने त्यही बाटोमा हो र त्यही निर्माण गर्ने हो । त्यो नभएकाले सोभियत संघ असफल भयो र पूँजीवाद...
अनुसन्धानको काम सशस्त्र प्रहरीको होइन : गृहमन्त्री [भिडियो]
शुक्रबार, साउन २, २०८२
उनले प्रहरीले ठाँउठाँउमा बिना कारण गाडी रोकेर अनावश्यक दुःख दिने गरेको गुनासोलाई कम गर्नुपर्ने पनि बताइन् । उनले हालसम्म निर्मला पन्तको हत्याबारे सत्यतत्य बाहिर नआउनु दुखद रहेको बताइन् ।
‘निर्वाचन प्रणाली र संविधान संशोधनका विषयमा आवश्यक परे आन्दोलन’
शुक्रबार, साउन २, २०८२
परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै उनले भने,‘परिवर्तनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेण्डा सफल हुनेछन् ।’
वामदेवलाई भित्र्याउँदै नेपालले भने : कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ [भिडियो]
शुक्रबार, साउन २, २०८२
उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्वपूर्ण छ । त्यसो हुनाले नेपालका सबै क्रान्तिकारीहरुलाई वा कम्युनिष्ट शक्तिहरुलाई एकतावद्ध भएर अगाडि बढ्नका लागि आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्छ
राजीनामा दिएर मात्र भ्रष्टाचारको आरोपबाट उन्मुक्ति पाउनु हुँदैन: ट्रेड युनियन कांग्रेस
शुक्रबार, साउन २, २०८२
देशमा व्याप्त आर्थिक असमानता, बेरोजगारी र श्रमिकहरूको जीवनस्तरमा देखिएका चुनौतीहरूको समाधानको सन्दर्भमा भ्रष्टाचारजस्ता कार्यहरूले अझ संकट उत्पन्न गराउने निष्कर्ष संगठनको छ ।
हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ बर्षको अनुभव अनिवार्य गर्न माग [भिडियो]
शुक्रबार, साउन २, २०८२
उनले प्रधिकरणको अध्यक्षको कार्यकाल एक पटक पुरा भएपछि पुनः अर्को कार्यकालका लागि छनोट नहुने व्यवस्था गर्नुपर्ने पनि बताइन् ।
अख्तियार पुग्यो राप्रपा, भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र [भिडियो]
शुक्रबार, साउन २, २०८२
सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेको अवस्थामा मन्त्रीहरू एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेको राप्रपाको ठहर छ ।
श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री
शुक्रबार, साउन २, २०८२
प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ। श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ। जय श्रमिक, जय नेपाल।’
अख्तियारमा ज्ञापन पत्र बुझाउँदै राप्रपा
शुक्रबार, साउन २, २०८२
राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रूपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चलन गर्नेछ ।
साताको लोकप्रिय

