Harsamaya
राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन
 राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित अयोगको वार्षिक प्रतिवेदन पेश।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित अयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्। 

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update