खैरो हेरोइनसहित दुई जना पक्राउ
आइतबार, वैशाख २१, २०८२
पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-५ बस्ने २५ वर्षीय समिर सुब्बा र २५ वर्षीय सुजन सुब्बा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा (सूचनासहित)
आइतबार, वैशाख २१, २०८२
साथै, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
सहिद परिवारका सदस्यहरू गृह मन्त्रालय अगाडि धर्नामा (भिडियोसहित)
आइतबार, वैशाख २१, २०८२
आफ्ना समस्या सुनाउन आउँदा गृहमन्त्री राज कुमार लेखीले बेवास्ता गरेको आरोप पोखरीया नगरपालिकाबाट आएका सहिद चन्दन पटेलका पिता अवधेश प्रसाद पटेलले लगाएका छन् ।
पाटन दरबार क्षेत्रमा पर्यटकलाई कलात्मक अत्याधुनिक शौचालय
आइतबार, वैशाख २१, २०८२
शौचालय सुरुवातको जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पुरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागेपनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए । उनले भने, ‘ हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ...
रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
आइतबार, वैशाख २१, २०८२
ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनिको दाहिने खुट्टा,ढाड र अन्डकोषमा गम्भीर चोट लागेको थियो। सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
जानकी नवमीमा राष्ट्रिय बिदाको माग, जनकपुरमा दबाब र्याली
आइतबार, वैशाख २१, २०८२
यसअघि वैशाख ७ गते साधु–सन्तहरूको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रमा जानकी नवमीमा प्रत्येक वर्ष राष्ट्रिय बिदा दिनुपर्ने र जनकपुरलाई राष्ट्रिय गौरवको सूचीमा राखिनुपर्ने माग गरिएको थियो । तर, अहिलेसम्म सरकारबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
मौखिक आदेशमा भुक्तानी नदिँदा मेयरले कुटे अधिकृतलाई, कर्मचारी आन्दोलित
आइतबार, वैशाख २१, २०८२
मौखिक आदेशको भरमा कानुन विपरीत रकम भुक्तानी गर्न नमानेपछि मेयर कलवार र उनका समर्थकले हातपात गरेको पीडित अधिकृत जैसवालले दुखेसो पोखेका छन्।
पेस्तोल र गोली सहित युवक पक्राउ
आइतबार, वैशाख २१, २०८२
पर्सा गाउँपालिका–२, मा रहेको रवी होटेलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साहलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको छ ।
कोहलपुर– सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन
आइतबार, वैशाख २१, २०८२
बानियाभारको जंगल क्षेत्रमा रुख कटान आदेश भइसकेमनि जंगल क्षेत्रमा स्थानीयले पटक पटक अवरोध गर्दै आएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर अहिले जंगल क्षेत्रका तीन टावर फाउण्डेशनको काम भइरहेको छ । अवको एक हप्तामा जंगल क्षेत्रको काम सक्ने गरी काम भइरहेको खड्काले बताए ।
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल
आइतबार, वैशाख २१, २०८२
कार्यक्रममा पोखरेलले भने, ‘श्री ५ बा र श्री ५ नातिको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौँ, र पराजित गर्छौँ ।’ उनले पूर्वराजाको नाममा पुनः सत्तामा फर्कने चाहना बोकेका तत्त्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गरे । ‘पूर्व...
मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे
शनिबार, वैशाख २०, २०८२
शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानीय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रूपमा कटिबद्ध रहेको बताए ।
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउन माग
शुक्रबार, वैशाख १९, २०८२
मागपत्रमा नेपालको स्वतन्त्रता सार्वभौमिकता, भौगोलिक अखण्डता कायम राख्न उत्तरी क्षेत्रहरूका अन्तर्राष्ट्रिय सीमाहरूको यथोचित व्यवस्थापन गर्नुपर्ने, बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा रहने गरी सीमा विस्तार प्रक्रिया अघि बढाउनुपर्ने तथा संविधानमा रहेका मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेलगायत रहेको अध्यक्ष पुरीले बताए ।
स्थानीय तहको भवन जथाभाबी बनाउन नपाइने
शुक्रबार, वैशाख १९, २०८२
साना स्थानीय तहले पनि दरबारजत्रा भवन बनाउन थालेपछि सरकारले स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो ।
साताको लोकप्रिय

