क्यान महासङ्घमा पहिलो महिला अध्यक्ष: सुनैना घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति
मंगलबार, पुस १६, २०८१
कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान महासङ्घ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यही पुस १३ गतेदेखि सुरु भएको महासङ्घको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
क्यान महासङ्घले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशकसमेत हुन् । महासङ्घको १५औँ कार्यसमितिको उपाध्यक्षमा, हर्कबहादुर सेटी, चिरञ्जीवी अधिकारी, नवीन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन्। महासचिवमा चन्द्रविलास भूर्तेल र कोषाध्यक्षमा विक्रमसिंह निर्वाचित भएका छन् ।
कर्णालीमा शून्य बजेटमा गुञ्जिने देउडा खेल
मंगलबार, पुस १६, २०८१
कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्र गर्दछ । विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ ।
कवि मणिकुमार श्रेष्ठको ‘अदृश्य यात्रा’ विमोचित: ५८ कविताको संग्रह
मंगलबार, पुस १६, २०८१
कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्य यात्रा’ को विमोचन सहित चर्चा गरिएको छ ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहितले सोमवार साे कविता कृतिको विमोचन गर्नु भएको हो ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका निवासी कवि श्रेष्ठ २०६० सालदेखि साहित्य लेखन सुरु गर्नु भएको थियो । कवि श्रेष्ठको यो पहिलो...
कवि शिरोमणि लेखनाथ जन्मजयन्ती: साहित्य र स्रष्टाको सम्मान
मंगलबार, पुस १६, २०८१
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठानको आयोजनामा कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेमा आयोजित एक कार्यक्रमबीच साहित्य अन्वेषक, स्रष्टा, विद्यार्थी लगायतलाई सम्मान गरिएको हो ।
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
मंगलबार, पुस १६, २०८१
अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ ।
भालुवाङ–नर्ती सडकमा दुर्घटना रोकथामका लागि 'टाइमकार्ड' लागू
सोमबार, पुस १५, २०८१
दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो ।
जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बताए ।...
खोटाङमा नाबालिकासँग बालविवाह गर्ने युवक र आफन्त पक्राउ
सोमबार, पुस १५, २०८१
यही पुस८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस१२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवाहसम्बन्धी कसुर अन्तर्गतको मुद्दा चलाइएको छ ।
सतिघाटमा पक्की पुल अभाव : उत्तरी भोजपुरका नागरिकको दैनिकी संकटमा
सोमबार, पुस १५, २०८१
भोजपुर-सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो स्थानमा पक्की पुल नहुँदा नागरिकले बर्सेनि दुःख भोग्दै आएका छन् ।
पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक
सोमबार, पुस १५, २०८१
नेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ।
सोलुखुम्बुमा चिसोबाट जोगिन आगो ताप्ने व्यवस्था
सोमबार, पुस १५, २०८१
यहाँ चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार आज बिहानदेखि सल्लेरीका विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाइएको हो ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार चिसोको जोखिमबाट बालबालिका, वृद्धवृद्धा तथा कमजोर वर्गका नागरिकलाई...
खोटाङमा गरिब, दलित र असहाय बालबालिकाका लागि पहिलो निःशुल्क आवासीय विद्यालय
सोमबार, पुस १५, २०८१
जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालय बनाइएको हो ।
गाउँपालिकाभित्रका गरिब, दलित र असह्य बालबालिकालाई शिक्षाको उज्यालो घामबाट...
सडकले बदल्यो बोबाङ गाउँको मुहार
सोमबार, पुस १५, २०८१
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै एक सय पाँच किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’ ।
साताको लोकप्रिय

