'पर्सामा असुरक्षित गर्भपतन बृद्धि'
बुधबार, पुस १७, २०८१
जिल्लामा गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ । सीमावर्ती सहर रक्सौलसँग जोडिएकाले पनि गर्भपतनका औषधि छ्यापछ्याप्पी पाइँदा नियन्त्रण गर्न समस्या भइरहेको स्वास्थकर्मीले बताएका छन् ।
नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुरेन्द्रप्रसाद चौधरीले सीमावर्ती सहरसँग जोडिएकाले पनि असुरक्षित गर्भपतनका गतिविधिलाई नियन्त्रण गर्न जटिलता थपिँदै गइरहेको बताए ।
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
बुधबार, पुस १७, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन्।
पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, ‘आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव...
नेपालयको २० वर्षे उपलक्ष्यमा '२०२५ मा २५ का २५' कार्यक्रम घोषणा
बुधबार, पुस १७, २०८१
‘पल्पसा क्याफे’ उपन्यासमार्फत प्रकाशन फाँटमा उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ । नयाँवर्ष २०२५ को अवसरमा विज्ञप्ति जारी गर्दै प्रकाशन गृहले ‘२०२५ मा २५ का २५’ कार्यक्रम घोषणा गरेको छ ।
जसअनुसार, २५ वर्षभन्दा कम उमेरका नेपाली तन्नेरीको फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने जनाइएको छ । जसमा कथा,...
प्रतिनिधिसभाका सचिवमा हर्कराज राई, पदभार सम्हाल्दै सपथ
बुधबार, पुस १७, २०८१
प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिएका छन् । सभामुख देवराज घिमिरेसमक्ष उनले बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।
संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका प्रमुख...
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
बुधबार, पुस १७, २०८१
नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा नवनियुक्त नेपाली राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति पौडेलले रुसका निम्ति नेपाली राजदूत जंगबहादुर चौहान, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका निम्ति नेपाली राजदूत शनिल नेपाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा....
अन्नपूर्ण क्षेत्रको पर्यटनमा नयाँ कीर्तिमान: २०२४ मा सबैभन्दा बढी पर्यटक आगमन
बुधबार, पुस १७, २०८१
पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार उक्त...
सर्लाहीमा बसको ठक्करले सशस्त्र प्रहरी निरीक्षकको ज्यान गयो
बुधबार, पुस १७, २०८१
सर्लाहीमा तीव्र गतिमा रहेको बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट (बीओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बस बजारिँदा उनको मृत्यु भएको हो।
अठार वर्षपछि हुग्दीशिर–शान्तिपुर सडकमा कालोपत्र गरिँदै
बुधबार, पुस १७, २०८१
बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।
सामुदायिक वन उद्योग दर्ताको अभावले बढायो वन डढेलो: महासङ्घ अध्यक्ष ठाकुर भण्डारी
बुधबार, पुस १७, २०८१
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘वन उद्यम, विकास पर्यापर्यटन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक वर्ष...
कालीगण्डकी कोरिडोर अन्तर्गत नयाँ कालोपत्र: माझीबस्ती–खनियाघाट र बोक्से–सिगाना सडकमा सुधार
बुधबार, पुस १७, २०८१
मालढुंगा-बेनी सडक अन्तर्गत माझीबस्ती-खनियाघाट खण्डमा कालोपत्र भएको छ ।
स्याङ्जामा सुन्तलाको व्यवसायमा नयाँ कीर्तिमान: एक अर्ब १२ करोडको बिक्री
बुधबार, पुस १७, २०८१
यस वर्ष स्याङ्जाबाट रु. एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपर जोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु. एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपर जोनका सूचना अधिकारी प्रतिभा...
प्रतितोला एक हजार चार सय बढ्यो सुनको मूल्य
बुधबार, पुस १७, २०८१
आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मंगलबारको भन्दा आजको मूल्य बढेको हो ।
कोशी प्रदेशमा जङ्गली हात्तीको आतंक: दुई जनाको ज्यान गयो, स्थानीय त्रसित
बुधबार, पुस १७, २०८१
जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ ।
लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएकी थिइन् । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए । वनमा दाउरा...
साताको लोकप्रिय

