Harsamaya
प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला
प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला उच्च अदालत पाटनले तथ्य र आधारविना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरिदिएको छ।
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई बुझायो तीनवर्षभित्र गर्नैपर्ने कामको प्रतिवेदन
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई बुझायो तीनवर्षभित्र गर्नैपर्ने कामको प्रतिवेदन मुलुकको अर्थतन्त्रलाई परिवर्तित समयअनुसार गतिशील बनाउँदै सही मार्गमा अघिबढाउने उद्देश्यले गठित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आफ्नो अन्तरिम प्रतिवेदन प्रस्तुत गरेको छ ।  पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल र दीर्घकालमा गर्नुपर्ने कामसहितका सुझाव समेटेर आज अपराह्न मन्त्री पौडेलसमक्ष...
बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु
बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ । हात्ती, बाघ, गैँडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदरलगायत...
मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख बढी संकलन
मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख बढी संकलन बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै
मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै मण्डला थिएटरमा आगामी माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनका बारेमा आज यहाँ मण्डला थिएटर, चुलाचुली रङ्गमञ्च र एक थिएटर नेपालले संयुक्त रूपमा आधिकारिक घोषणा गरेका हुन् ।
महायज्ञबाट जुट्यो चार करोड ३९ लाख
महायज्ञबाट जुट्यो चार करोड ३९ लाख शहीद बहुमुखी क्याम्पसमा संकाय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा रु चार करोड ३९ लाख संकलन भएको छ । 
सल्यानमा दिदीबहिनी मृत फेला
सल्यानमा दिदीबहिनी मृत फेला सल्यानमा दिदीबहिनी मृत भेटिएका छन् । कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदीबहिनी नै बुधबार घरभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन
क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।
लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश
लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमतीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले अञ्जला कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो । 
Weather Update