Harsamaya
बागलुङमा ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण हुँदै
बागलुङमा ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण हुँदै दरमखोलामा चार मेगावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । बागलुङ ताराखोलाको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालेको हो । घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनेलमार्फत पानी ल्याई गाईघाट झरनामा विद्युतगृह निर्माण गरिने भएको छ ।
टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला
टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ । टीकापुर नगरपालिकाको यही पुस २२ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क २० राख्ने निर्णय भएको जानकारी दिए ।
काभ्रेको संसारीदेवी विद्यालयमा कम्प्युटर ल्याब: सामुदायिक विद्यालयमा प्रविधि क्रान्ति
काभ्रेको संसारीदेवी विद्यालयमा कम्प्युटर ल्याब: सामुदायिक विद्यालयमा प्रविधि क्रान्ति अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ । फाउण्डेशनको सहयोगमा १५ कम्प्युटर, स्मार्टबोर्ड एक , पाँच स्मार्ट टिभी, ल्यापटप, प्रोजेक्टर एक , फोटोकपी मेसिन तथा प्रयोगशालाका लागि फर्निचर र कार्पेट व्यवस्थापन गरिएको हो ।
खुम्बुका उकालामा पसिनाको संघर्ष: भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी 
खुम्बुका उकालामा पसिनाको संघर्ष: भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी  खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ। पसिनाले निथ्रुक्क भिजेको शरीर। आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ। बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्युँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ प्रभावित
न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ प्रभावित जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ ।
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल)को प्रयोग बढी भएको पाइएको छ । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । 
सात करोडको काठ वन कार्यालयमै कुहिँदै
सात करोडको काठ वन कार्यालयमै कुहिँदै सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ । लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय पाँचकन्याका प्रमुख महेशकुमार साहले जानकारी दिनुभयो । दुई दशकदेखिको काठ...
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत (भिडियोसहित)
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत (भिडियोसहित) गायक प्रकाश सपूतको परिचय संगीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्य दृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ ।
संयुक्त व्यापार मञ्च बैठक : द्विपक्षीय व्यापार विस्तारमा जोड
संयुक्त व्यापार मञ्च बैठक : द्विपक्षीय व्यापार विस्तारमा जोड नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै आज यहाँ सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको उक्त बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए ।
ताप्लेजुङमा लडेका इटालियन नागरिकको हेलिकप्टरमार्फत उद्धार
ताप्लेजुङमा लडेका इटालियन नागरिकको हेलिकप्टरमार्फत उद्धार ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लडेर गम्भीर घाइते भएका उनलाई आज प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।
महानगरको निर्णय नै मान्दैनन् वडाध्यक्ष
महानगरको निर्णय नै मान्दैनन् वडाध्यक्ष काठमाडौं नगरपालिका अन्तर्गत पर्ने मैतीदेवी मन्दिरको शौचालयमा पिसाब वा दिशा गरेबापत ५ देखि १० रुपैयाँ शुल्क तिर्नु पर्छ। यो शुल्क प्रवेश गेटमा ठूलो अक्षरमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।
Weather Update