देवी प्रतिभा फेरि नेपाल आइपुगिन्
सोमबार, पुस २९, २०८१
प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतिभा १० दिनसम्म नेपालमा नै बस्ने कार्यक्रम रहेको छ। यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसारभर रहेका नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विश्वकै बढी खोजीले कथावाचिकाको रूपमा पर्छिन्।
जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
सोमबार, पुस २९, २०८१
विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ ।
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता
सोमबार, पुस २९, २०८१
मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उनी जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् ।सापकोटाले विगतमा जस्तै यस वर्ष पनि आफ्नो खेतमा रोपेकी थिइन्, तर काउलीको मूल्य घटीरहेकामा निकै चिन्तामा परेको बताउँछिन् ।
अझै स्तरोन्नति भएन शहीदमार्ग
सोमबार, पुस २९, २०८१
शहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता
सोमबार, पुस २९, २०८१
सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका बीचमा स्तरोन्नति रेखा विस्तार छ ।
राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल (अध्ययनसहित)
सोमबार, पुस २९, २०८१
बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव...
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
सोमबार, पुस २९, २०८१
जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् ।
विदेशी बजारमा कर्णालीको अदुवा
सोमबार, पुस २९, २०८१
कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ ।
अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ ।
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
सोमबार, पुस २९, २०८१
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गएराती १२:१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
पत्रकार महासंघले भन्यो - धरानका मेयर हर्कराज राईले सामाजिक द्वन्द्व बढाए
आइतबार, पुस २८, २०८१
नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक द्वन्द्व बढाएको निष्कर्ष निकालेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले मेयर राईका कारण सामाजिक दूरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष निकालेको जनाएका छन् ।
धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन आइतबार सार्वजनिक...
‘केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो’
आइतबार, पुस २८, २०८१
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरूलाई दुःख दिने केही सञ्चार माध्यमका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेकातर्फ सचेत रहन आग्रह गरेका छन् ।
बसको ठक्करबाट बालिकाको मृत्यु
आइतबार, पुस २८, २०८१
मकवानपुरको मनहरीमा बसको ठक्करबाट आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन सरकार अध्यादेशबाट अघि बढ्यो : सञ्चारमन्त्री गुरुङ
आइतबार, पुस २८, २०८१
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन छिटो र सहजका लागि सरकार अध्यादेशको माध्यमबाट अघि बढेको बताएका छन् ।
लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित त्रिभुवन माध्यमिक विद्यालयको ५८औँ वार्षिक साधरणसभा तथा अभिभावक दिवस कार्यत्रमलाई आज सम्बोधन गर्दै मन्त्री गुरुङले संसद्को माध्यमबाट जाँदा एक/डेढ वर्ष लाग्ने र ‘फास्ट...
साताको लोकप्रिय

