रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादीले कति बुझाए धरौटी ?
बिहीबार, पुस २५, २०८१
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित छ जनाले धरौटी रकम बुझाएका छन् ।
लेखा समिति सभापतिका पूर्व पिए पोखरेल ५ दिन हिरासतमा
बिहीबार, पुस २५, २०८१
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् । जिल्ला अदालत मोरङले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय मोरङलाइ अनुमति दिएको हो ।
‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे कारबाही’
बिहीबार, पुस २५, २०८१
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कारबाही गर्ने भएको छ । विभागले औषधिपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना जारी गर्दै विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधि बिक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको...
सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी छ : मन्त्री गुरुङ
बिहीबार, पुस २५, २०८१
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन्। मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी गरिरहेको उनले बताए ।
पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश
बिहीबार, पुस २५, २०८१
सहकारी ठगी मुद्दामा छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजीसमेत रहेका जोशीसँग ८८ लाख रुपैयाँ माग गरिएको हो ।
छुटे रवि लामिछाने
बिहीबार, पुस २५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई
बिहीबार, पुस २५, २०८१
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छिन् ।
शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू क्रियाशील रहेको बताइन् ।
रवि, छवि र रामबहादुरले बुझाए धरौटी
बिहीबार, पुस २५, २०८१
उक्त आदेशअनुसार प्रतिवादी कृष्णबहादुर गुरुङ, पूर्वसांसद मीना गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर छुटिसकेका छन् । कृष्ण र मीना बाबुछोरी समेत हुन् ।
कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने
बिहीबार, पुस २५, २०८१
कोशी प्रदेश सरकारले आगामी २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । बिहीबार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यही माघ ११ देखि १३ गते सम्म आयोजना गर्ने भनिएको लगानी सम्मेलन सारेर वैशाख १८ र १९ गते निर्णय गरेको कोशी प्रदेश सरकारका...
एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न सक्दैनन् - अध्यक्ष लिङ्देन
बिहीबार, पुस २५, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न नसक्ने बताएका छन् ।
गैडाको खागसहित झापामा एक पक्राउ
बिहीबार, पुस २५, २०८१
लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनी पक्राउ परेको झापा प्रहरीले जनाएको छ ।
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
बिहीबार, पुस २५, २०८१
जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शङ्कास्पद बिरामी फेला परेका थिए ।
साताको लोकप्रिय
