Harsamaya
सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति
सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
आज सोनाम ल्होछार : तामाङ समुदायको पर्व, देशभर उल्लासमय माहोल !
आज सोनाम ल्होछार : तामाङ समुदायको पर्व, देशभर उल्लासमय माहोल ! तामाङ समुदाय आज हर्षोल्लासका साथ सोनाम ल्होछार मनाउँदैछन्। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्व १२ वर्षचक्रसँग सम्बन्धित छ, जसमा मुसा, गाई, बाघदेखि सुँगुरसम्मका नामबाट वर्ष निर्धारण गरिन्छ।
फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल
फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात भइरहेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।  दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट भएको वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए ।
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको कारोबार
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको कारोबार बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।   कृषि ज्ञानकेन्द्रको तथ्याङ्क अनुसार यहाँ किसानले अलैँची बिक्री बाट एक आर्थिक वर्षमा ६ करोड भित्र्याउन सफल भएका छन् ।
बागलुङको ‘कालो टीका’ अभियानले घरमा सुत्केरी हुने घटे
बागलुङको ‘कालो टीका’ अभियानले घरमा सुत्केरी हुने घटे स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा नपर्ने तथा केही समस्या भए तत्काल उपचारको व्यवस्था गर्न सकिने भएकाले ‘होम डेलिभरी’लाई शून्यमा झार्ने अभियानस्वरूप यहाँका आमा समूहले घरमा कालो टीका लगाइदिने गरेका छन् ।
‘नवप्रवर्तनका लागि लगानीको वातावरण र एकद्वार प्रणाली आवश्यक’
‘नवप्रवर्तनका लागि लगानीको वातावरण र एकद्वार प्रणाली आवश्यक’ उद्योगी–व्यवसायीले नवप्रवर्तन, साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाई कानुनी जटिलता हटाएर एकद्वार प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा आजदेखि सुरु गरेको नवप्रवर्तन तथा एसएमई सम्मेलनको दोस्रो समूहगत छलफलका वक्ताहरुले सरकारले लगानीका लागि कानुनी जटिलता हटाउनुपर्नेमा...
पर्साबाट स्रोत नखुलेको ६ लाखसहित भारतीय पक्राउ
पर्साबाट स्रोत नखुलेको ६ लाखसहित भारतीय पक्राउ यस्तै, बारा, विश्रामपुर गाउँपालिका-३ मुसहर्वा चोकबाट स्रोत नखुलेको नगद ३ लाख २ हजार ५ सय ६५ रूपैयाँसहित भारत ग्राम पञ्चायत जडवा मोतिहारी बस्ने ३८ वर्षीय प्रमोदप्रसाद साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु 
डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु  आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलतर्फ आउन लागेको जनाउँदै वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उल्लेख गरे ।
संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख
संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख ‘फेउर स जिनगीमे इजोत आयल’(फेरि जीवनमा उज्यालो फक्र्यो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गर्नुभएकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भन्नुभयो, ‘बुझलियै फेउर स हम पहिने सन देख पायब’ (बुझ्नुभयो, फेरि म पहिलेजस्तै देख्नसक्ने हुनेछु) ।
राजस्व चुहावट कसुरमा अलिम इन्टरप्राइजेजका सञ्चालकविरुद्ध मुद्दा दायर (विज्ञप्तिसहित)
राजस्व चुहावट कसुरमा अलिम इन्टरप्राइजेजका सञ्चालकविरुद्ध मुद्दा दायर (विज्ञप्तिसहित) राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्ज रोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ । विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरी मूल्य अभिवृद्धि कर तथा आयकर छलेर...
झण्डै ५० हजार बालिकालाई रौतहटमा एचपिभि खोप लगाईने
झण्डै ५० हजार बालिकालाई रौतहटमा एचपिभि खोप लगाईने रौतहटमा राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत झण्डै ५० हजार बालिकालाई एचपिभि खोप लगाईने भएको छ।  विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९ जना बालिकालाई  पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाईने भएको छ। 
संसदको एक समितिको बैठक बस्दैँ
संसदको एक समितिको बैठक बस्दैँ संघीय संसदको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । 
Weather Update