Harsamaya
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै पर्यटकीय राजधानी पोखरामा आजदेखि २० औं फेवा नव वर्ष महोत्सव २०८२ शुरु हुदैछ ।  होटल संघ पोखरा नेपालले हरेक वर्ष नेपाली नयाँ वर्ष शुरुवातका अवसरमा आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवको २० औं संस्करण पोखरामा शुरु हुन लागेको हो । 
तीनकुने घटनामा संलग्नहरु धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री
तीनकुने घटनामा संलग्नहरु धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रमजारी रहेको बताएका छन् ।
हेटौंडा अस्पतालको बोर्डका विषयमा विवाद
हेटौंडा अस्पतालको बोर्डका विषयमा विवाद यहि बीचमा अस्पतालको बोर्ड फेरिएको छ । ‘यसरी अदालतमा विचाराधिन रहेको अवस्थामा बोर्ड फेरिनु संविधान विपरित जानु हो’,वरिष्ठ अधिवक्ता केशव गौतमले बताए । गौतमका अनुसार सर्वोच्च अदालतको फैसला नआएसम्म बोर्डको फेरबदल गर्न नहुने थियो ।
मधेश प्रदेश सभा बैठक : भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा माग
मधेश प्रदेश सभा बैठक : भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा माग कुशवाहाले प्रदेशका विभिन्न योजनाहरूमा पनि मन्त्रीको असमर्थता र गलत कार्यप्रवृत्तिलाई उजागर गरेका छन् । उनले भने, ‘मन्त्री यादवले सदनमा उठेका मुद्दाहरूलाई गम्भीरतासाथ लिएका छैनन् । उनी आफ्ना कर्तव्यप्रति जिम्मेवार देखिएका छैनन् । प्रदेशका आठवटै जिल्लामा योजनाहरूको चिट्ठी मन्त्री यादवको सचिवालयमा बुझाएका छन् ।’
काठमाडौं गंगाहिटी मार्गमा रहेको भैरव हिटीको उत्खनन् 
काठमाडौं गंगाहिटी मार्गमा रहेको भैरव हिटीको उत्खनन्  वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ वटा हिटी छन् । जसमध्ये ८ वटा अस्तित्वमा छन् ।  वाहिटी, गंगाहिटी, गणेशधारा, भैरव हिटी, मित्र धारा वडामा भएका हिटीहरु हुन् । संकटमा रहेका हिटीहरूको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरूको खोजी भइरहेको बताए । 
सवारी दुर्घटनामा बाँचेका प्राविधिक ढुंगाना घरमा मृत भेटिए, आत्महत्या गरेको शंका
सवारी दुर्घटनामा बाँचेका प्राविधिक ढुंगाना घरमा मृत भेटिए, आत्महत्या गरेको शंका विगत पाँच वर्षदेखि भीमफेदी गाउँपालिकाको पशु शाखा प्राविधिकको रूपमा कार्यरत ढुंगाना पनि गाउँपालिकाको अवलोकन भ्रमणमा निस्किएका थिए । पालिकाको कृषि तथा पशु शाखाको भ्रमण भएका कारण शाखाका कर्मचारी, किसानहरू र केही जनप्रतिनिधि पनि भ्रमणमा थिए । शुक्रबार बिहान गाउँपालिकाबाट निस्किएको टोली मंगलबार नै आइपुग्ने योजनामा थियो ।
तेल ट्यांकी भित्र लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
तेल ट्यांकी भित्र लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई भारतीय पक्राउ विशेष सूचनाको आधारमा २७ गते दिउँसो जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले फेटा गाँउपालिका ३ चौतारास्थित भारत बिहार घोडासाहनबाट आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गरिएको थियो।
बारामा चट्याङ लागेर २० लाखको कुखुरा फार्म ध्वस्त
बारामा चट्याङ लागेर २० लाखको कुखुरा फार्म ध्वस्त त्यस्तै करैयामाई गाउँपालिका वडा नम्बर ८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाएको फुसको घर र कृषि मिटरमा चट्याङ लागेर आगलागी भएको छ। आगलागीमा परी घर र मिटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
धरान–चतरा सडक खण्डमा बस पल्टियो, ३१ जना घाइते
धरान–चतरा सडक खण्डमा बस पल्टियो, ३१ जना घाइते बकैया गाउँपालिका वडा नम्बर–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कमिसन आरोप आधारहीन, भ्रामक र कपोलकल्पित : वन मन्त्री साह
कमिसन आरोप आधारहीन, भ्रामक र कपोलकल्पित : वन मन्त्री साह प्रेस विज्ञप्तिमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका–११ मा रहेको घुर्मि खोलामा तटबन्ध निर्माण सम्बन्धी योजना बिक्री गरिएको भनी सार्वजनिक समाचारप्रति पनि खण्डन गरिएको छ । 
१० करोडको कोशी पर्यटन वर्ष, उद्घाटन मै गएनन् प्रधानमन्त्री 
१० करोडको कोशी पर्यटन वर्ष, उद्घाटन मै गएनन् प्रधानमन्त्री  कोशी प्रदेश सरकारले आफ्नो महत्वकांक्षी योजनाका साथ अगाडि सारेको पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि बुधवार प्रधानमन्त्री केपी शर्मा ओली आउने भनी चौतर्फी निमन्त्रणा गरिएको थियो ।
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-कम्युनिष्ट मिलेर बनेको यो सरकार असफल भएको दाबी गरेका छन ।
Weather Update