Harsamaya
बर्दिबासमा रेलमार्ग निर्माण ठप्प, मुआब्जा विवाद समाधानको पर्खाइ
बर्दिबासमा रेलमार्ग निर्माण ठप्प, मुआब्जा विवाद समाधानको पर्खाइ स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गाधनीले रेलमार्ग निर्माणको काम रोकेका छन् ।
बेष्ट फाइनान्सको शेयर बिक्रीमा
बेष्ट फाइनान्सको शेयर बिक्रीमा बेष्ट फाइनान्सको शेयर बिक्रीमा खुला गरेको छ । फाइनान्सले ५ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिन सकिनेछ।
कटहरिया नगरपालिकाको तालाबन्दी खुल्यो, सहमति कार्यान्वयन नभए पुनः आन्दोलनको चेतावनी
कटहरिया नगरपालिकाको तालाबन्दी खुल्यो, सहमति कार्यान्वयन नभए पुनः आन्दोलनको चेतावनी सहमति कार्वान्यवन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी १ महिना पछि खुलेको हो।
कुवामा डुबेर वृद्धाको मृत्यु
कुवामा डुबेर वृद्धाको मृत्यु कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । 
तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो
तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् ।
देशभक्त छोरो मर्दा देशै रूँदो रैछ...
देशभक्त छोरो मर्दा देशै रूँदो रैछ... ६८ वर्षको उमेरमा भएको शर्माको अप्रत्यासित निधनको खबरले आफू स्तब्ध बनेको उनको भनाइ थियो । मानिसको जीवन नश्वर रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले व्यक्ति दिवङ्गत भएर गए पनि उसका सही कर्म र योगदानको सदा स्मरण भइरहने बताए । 
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गत वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो ।
रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै
रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदैछन् । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो,  पीडित पक्षको दुई  वकिलको बहस भने बाँकी रहेकाले शुक्रबार पनि उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।
चिया बेचेरै मासिक ५० हजार आम्दानी
चिया बेचेरै मासिक ५० हजार आम्दानी मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन्।
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट त्यस्तै एउटा घरको भुई तल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ । सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
सानोथिमिमा दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
सानोथिमिमा दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते उनको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो । सो दुर्घटनामा  मोटरसाइकलमै सवार तीन वर्षीया ईश्वरी राई घाइते भएकी छिन् । दुवैजना आमा छोरी हुन् ।
असनमा आगलागीबाट ३५ लाखको क्षति
असनमा आगलागीबाट ३५ लाखको क्षति बिहीबार दिउँसो असनस्थित सुनील तुलाधरको पाँचतले पक्की घरको भुइँ तलामा रहेको विद्युतीय सामान तथा भाँडाको गोदाममा सटर वेल्डिङका क्रममा विद्युत्को तार सर्ट भई आगलागी भएको परिसरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिए । 
Weather Update