क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ (विज्ञप्तिसहित)
शनिबार, माघ १२, २०८१
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
नेपालमा रड हानेर भारतमा लुकेर बसेका एक पक्राउ (विज्ञप्तिसहित)
शनिबार, माघ १२, २०८१
ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छ्न् ।
काठमाडौँमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु (फोटोसहित)
शनिबार, माघ १२, २०८१
दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी शनिबारदेखि यहाँ सुरु भएको छ। ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने प्रदर्शनीका परिकल्पनाकार डा अर्शिया लोखन्डवालाले बताए।
व्यवस्थासँगै अवस्था परिवर्तन गर्न स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन - संयोजक थपलिया (भिडियोसहित)
शनिबार, माघ १२, २०८१
नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ ।
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र देशको आर्थिक रूपान्तरणमा योगदान पुराउने उद्देश्यले...
‘राइट टु प्रोटिन’ हाफ म्याराथनः सन्तोषी र राजन प्रथम
शनिबार, माघ १२, २०८१
मुलुककै सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ विधामध्ये खुला हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ राजन रोकाय प्रथम भएका छन् ।
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
शनिबार, माघ १२, २०८१
मोरङको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईवस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको ।
काठमाडौंमा रूख कटानले सबैभन्दा बढी विपत्ति
शनिबार, माघ १२, २०८१
त्यसैगरी विद्युत्बाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन् ।
संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य छैन - मुख्यमन्त्री कार्की
शनिबार, माघ १२, २०८१
शनिबार विराटनगरमा प्रेस चौतारी मोरङको ९औं अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सदन नचलेको बेला अध्यादेश ल्याउने संवैधानिक व्यवस्था रहेको भन्दै संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका हुन् ।
प्रहरी जवानको उपचारका क्रममा मृत्यु
शनिबार, माघ १२, २०८१
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
फर्निचरसहित दुई घरमा आगलागी, जलेर वृद्धाको मृत्यु
शनिबार, माघ १२, २०८१
गएराति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ ।
देश विदेशमा प्रवर्द्धन गरिँदै स्थानीय कफी
शनिबार, माघ १२, २०८१
झोलामा कफी बोकेर गाउँ–गाउँमा बिक्रीका लागि पुग्दा धेरैको हाँसो मजाकको पात्र बने, काम नपाएर कफी बेच्न गाउँ डुले जस्तो व्यवहार मैले भोग्नुपर्यो, तैपनि हिम्मत भने आफूमा राखिरहे, कफीको प्रवर्द्धनका लागि गाउँ धाइरहन्थे । अहिले भने परिस्थिति बदलिएको छ, कफी खरिद गर्न घरमै ग्राहक आउछन् ।
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
शनिबार, माघ १२, २०८१
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा वृद्धि भएको छ ।
अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित भएको कृषि...
खानेपानी, सिँचाइ सुविधा विस्तार र नदी नियन्त्रण गर्न ६५ योजना
शनिबार, माघ १२, २०८१
म्याग्दीमा यस वर्ष गण्डकी प्रदेश सरकारमार्फत खानेपानी र सिँचाइ सुविधा विस्तार तथा नदी नियन्त्रणसम्बन्धी ६५ वटा योजना सञ्चालन भएका छन् ।
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले रू १४ करोड ३८ लाख ५० हजार बजेटमा खानेपानीका ३६, सिँचाइका २०, नदी नियन्त्रणका छ, ऊर्जाका दुई र सर्वेक्षणसम्बन्धी एक वटा योजना...
साताको लोकप्रिय

