काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
आइतबार, पुस २८, २०८१
काठमाडौँ जिल्लामा करिब एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) लगाइने भएको छ ।
जनस्वास्थ्य कार्यालय काठमाडौँले आज यहाँ आयोजना गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले काठमाडौँका ११ स्थानीय तहका एक लाख १० हजार २६३ जना किशोरीलाई खोप लगाइने जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि १० सम्मका ९७ हजार ५४० र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७२३ किशोरीलाई खोप लगाइनेछ ।
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थाले ’
शनिबार, पुस २७, २०८१
विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति संघले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा सम्लग्न नेपाली लाभान्वित भएका हुन् ।
कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
शुक्रबार, पुस २६, २०८१
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो ।
हुम्लाको खार्पुनाथमा एक महिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१
हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ...
तराईमा शीतलहर : बढ्दोे जोखिममा पूर्वतयारी सुस्त
शुक्रबार, पुस २६, २०८१
यतिवेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुन सकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब ११६ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।
पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन
शुक्रबार, पुस २६, २०८१
तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ। श्याम सुन्दर-रामसागर-नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो।
‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे कारबाही’
बिहीबार, पुस २५, २०८१
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कारबाही गर्ने भएको छ । विभागले औषधिपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना जारी गर्दै विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधि बिक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको...
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
बिहीबार, पुस २५, २०८१
जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शङ्कास्पद बिरामी फेला परेका थिए ।
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
बिहीबार, पुस २५, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ ‘एचएमपिभी’ को साधारण भाइरस भएको जनाएको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ।
नाफिज सदस्यको जनही सात लाखको दुर्घटना बिमा
बुधबार, पुस २४, २०८१
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुको साँढे रु १६ करोड बराबरको ‘सामूहिक दुर्घटना बिमा’ भएको छ । नाफिजले आफ्ना दुई सय ३५ जना सदस्य तथा सल्लाहाकारको जनही रु सात लाखका दरले सामूहिक दुर्घटना बिमा गराएको हो ।
आज दुई वटा निर्जीवन बिमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौतामा...
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गरिने
बुधबार, पुस २४, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै निजी, सरकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थालाई इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
बुधबार, पुस २४, २०८१
लहान नगरपालिकाले यस वर्ष पनि वृहत्त निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित सो अस्पताल आँखा उपचार सेवाका लागि अब्बल रहेको छ ।
गेटा अस्पतालको स्तरोन्नति गर्ने सोचमा सरकार
मंगलबार, पुस २३, २०८१
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्रको शैक्षिक केन्द्रका रूपमा स्तरोन्नति गर्ने सरकारको सोच रहेको बताएका छन् ।
साताको लोकप्रिय
